Email :- prastakhabar@gmail.com
खेलकुद

जीतपुरसिमरा गोल्डकपको उपाधि चर्च ब्वाईजले जित्यो

church-BOys-1680396905.jpg

१९ चैत, हेटौंडा । हिमालयन शेर्पा क्लबलाई २–० ले स्तब्ध पार्दै चर्च ब्वाईज यूनाईटेडले १३ औं संस्कसणको जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको छ । 
उपाधिसंगै चर्च ब्वाईजले दशलाख नगद र ट्रफी हात पा¥यो भने उपविजेता हिमालयन शेर्पाले पाँचलाख रुपैयामा चित बुझायो । 
प्रतियोगितामा पहिलो पटक सहभागि चर्च ब्वाईजलाई जीतपुरसिमरा गोल्डकपको ट्रफी दिलाउने क्रममा कप्तान मिलन राई र आशिष चापागाँईले गोल गरे । 
खेलको शुरुवातमै १० खेलाडीमा समेटिएको हिमाालयन शेर्पाले सिमराका समर्थक माझ जितका लागि अन्तिम सम्म संघर्ष गरेको थियो । खेलको छैठौं मिनटमा हिमालयन शेर्पाका दिवस उराव रातो कार्ड खाँदै मैदानबाट बाहिरीएका थिए । 
सेन्टरलाईनबाट बल अघि बढाउँदै शेर्पाको डि–एरिया प्रवेश गरेका चर्च ब्वाईजका रन्जित पान्द्रेलाई लडाएपछि हिमालयनका डिफेण्डर उरावलाई फिफा रेफ्रि नविन्द्र महर्जनले सिधै रातो कार्ड देखाएका थिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाईजका डिफेण्डर कमल श्रेष्ठ घोषित भए उनले टिभीएस राइडर मोटरसाईकल प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्चका युएस प्रिसो, डिफेण्डर फ्र्यांकलीन टाला, मिड फिल्डर सुवास गुरुङ र प्रशिक्षक प्रदिप हुमागाँई घोषित भए उनीहरुले समान २० हजार नगद प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट फरवार्ड हिमालयन शेर्पाका सुशिल राई घोषित भए । उनले २० हजार प्राप्त गरे । सर्वाधिक गोलकर्ता भरतपुर फुटबल क्लबका सुनील श्रेष्ठ घोषित भए उनले २० हजार नगद प्राप्त गरे । 
प्रतियोगिताको उदयमान खेलाडी नवजनजागृती यूवा क्लब सिमराका दिलीप माझी घोषित भए उनले नगद पन्ध्रहजार प्राप्त गरे । अनुशासाशित टिमको ट्रफी हेटौंडाको मकवानपुर ११ ले जित्यो । फाइनल खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका डिफेण्डर फ्र्यांकलीन टाला घोषित भएका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
महिला एसियन कप छनोटमा नेपालले आज म्यानमारसँग खेल्ने 
foot-1686027832.JPG

२३ जेठ, हेटौंडा । एएफसी २० वर्ष मुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली...

नेपालमा उच्च रक्तचापका बिरामीको सङ्ख्यामा बृद्धि
reat-1686027696.JPG

२३ जेठ, हेटौंडा । नेपालमा उच्च रक्तचाप अर्थात् हाइ ब्लडप्रेसर का बिरामीको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमा...

तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु 

२३ जेठ, हेटौंडा । तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री...

५ जनाको मृत्यु भएपछि पालिकाले दियो शोक विदा
Screenshot_20230606_10045-1686025219.jpg

२३ जेठ, अर्घाखाँची । आफ्नोे पालिकाका ५ जनाको जीप दुर्घटनामा परि मृत्युु भएपछि एक गाउँपालिकाले पालिकाभर शोक विदा...

मधेश सरकारको नीति तथा कार्यक्रम आज
madhesh_pradesh_sabha_nrs-1686016178.jpg

२३ जेठ, जनकपुर । मधेश सरकारको नीति तथा कार्यक्रम आज आउँदैछ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत...

मौसम सामान्यतया सफा रहने
Screenshot_20230324_10360-1686015413.jpg

२३ जेठ, हेटौंडा । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश र...

प्रतिनिधि र राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20230528_17371-1686015221.jpg

२३ जेठ, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा ...

कांग्रेसका महामन्त्री गगन थापा मकवानपुर आउने
pressmet-1685988983.jpg

२२ जेठ, हेटौँडा ।  जेठ २९ गते सोमबार नेपाली कांग्रेसका  महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । जेठ २९ गते...

बाढीले बगाउँदा एक जनाको मृत्यु
death-5a68471f0a7ce5.2584-1685979786.jpg

२२ जेठ, म्याग्दी । म्याग्दीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा रघुगंगा गाउँपालिका-६...

थप समाचार