१९ चैत, हेटौंडा । खेलकुद पत्रकार मञ्च मकवानपुरले पत्रकारीता तालिम र खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । मञ्चका अध्यक्ष राजन दाहालको अध्यक्षतामा आइतबार बसेको बैठकले जिल्लामा खेल पत्रकारीतामा चासो राख्ने पत्रकारहरुका लागि दुई दिने तालिम र मैत्रिपुर्ण मिडियाकप रनिङशिल्ड फुटसल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । मञ्चले २०८० बैशाख १५ र १६ गते पत्रकारीता तालिम र २९ र ३० गते फुटसल प्रतियोगिता गर्ने निर्णय गरेको मञ्चका सचिब गणेश दर्पण अधिकारीले जानकारी दिए । मञ्चले गर्ने तालिमको संयोजन सचिब अधिकारीले गर्ने छन् भने फुटबल प्रतियोगिताको संयोजक नबिन तिमल्सिनाले गर्ने छन् । दुबै कार्यक्रम आयोजनाका लागि हेटौंडा उपमहानगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । फुटसल प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष राजन दाहालले बताए । यस्तै बैठकले मञ्चको कोषाध्यक्ष रहेका सुदिप शिवाकोटी रोजगारीको शिलशिलामा बिदेश रहेकाले कार्यसमिति सदस्य पुष्पराज अधिकारीलाई कोषाध्यक्षको जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

















