Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

तरुण दलको आयोजनामा चौघडामा शुभकामना दौड हुने

Screenshot_2-1680568691.jpg

२१ चैत, हेटौंडा । नेपाल तरुण दल हेटौंडा ६ नम्बर वडा इकाई समितिले नयाँ वर्ष २०८० को अवसरमा शुभकामना दौड प्रतियोगिता गर्ने भएको छ । 
नयाँ वर्षको शुभकामना आदानप्रदान संगै ५ किलोमिटर दौड प्रतियोगिताको आयोजना गर्न लागिएको नेपाल तरुण दल हेटौंडा ६ नम्बर वडाका अध्यक्ष कमल कोइरालाले जानकारी दिए । 
शुभकामना दौडका लागि मकवानपुर जिल्ला स्थायी ठेगाना भएको हुनुपर्ने अध्यक्ष कोइरालाले बताए । चौघडा बजारदेखी चुच्चेखोला चोकसम्म पुगेर चौघडा बजारमा आएपश्चात ५ किलोमिटर दौड पूरा हुने छ । 
दौड प्रतियोगिताको लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । आर्थिक समितिको संयोजकमा भूपेन्द्र विष्ट, प्रचारप्रसार समितिमा विजय पौडेल, स्वागत तथा सम्मान समितिमा राजकुमार बास्तोला, स्वयम्सेवक परिचालन समितिमा इश्वर राना र सचिवालय समिति तरुण दल ६ नम्बर वडाका सचिव विजय चौलागाई रहेका छन् ।
प्रतियोगितामा सहभागिताका लागि हेटौंडा ४ स्कुलरोडमा रहेको पाण्डे इन्टरप्राइजेज, नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय, नेपाली कांग्रेस ६ नम्बर वडा इकाई समितिको सचिवालयमा र हेटौंडा २ कांग्रेसचोकमा रहेको बेङ्कटेश छापाखानामा दौड प्रतियोगितामा सहभागिता जनाउन इच्छुकले फारम भर्ने व्यवस्था रहेको छ । 
प्रतियागिताको प्रथम हुनेले नगद १५ हजार रुपैयाँ, दोस्रो हुनेले १० हजार रुपैयाँ र तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । नेपाल तरुण दल ६ नम्बर वडा इकाई समितिले आयोजना गरेको शुभकामना दौडकोे यो ८ औँ संस्करण हो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार