Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

उपमेयर कप भलिबलमा आजबाट क्वार्टर फाइनल खेल हुने

340852880_106815654414168-1681176088.jpg

२७ चैत, हेटौंडा । पाँचौ संस्करणको हेटौंडा उपमहानगरपालिका स्तरीय उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुष तर्फ वडा नम्बर ४, ५, ६, ८, ११, १२, १६ र १९ क्वार्टर फाइनल प्रवेश गरेका छन् । 
सोमबारबाट सुरु भएको प्रतियोगितामा लिग चरण्का खेलहरु सकिदा महिला तर्फ वडा नम्बर २, ६, ९, ११, १२, १४, १७ र १९ नम्बर वडा क्वार्टर फाइनल प्रवेश गरेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तले स्थित बुद्ध माविको खेल मैदानमा जारी प्रतियोगितामा मंगलबारबाट क्वाटर फाइनलका खेल हुने प्रतियोगिता संयोजक त्रिविक्रम रुपाखेतीले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल २९ गते बुधबार हुने संयोजक रुपाखेतीले बताए ।
प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै उपमेयर बानियाँले नगर क्षेत्रका सबै वडाहरुलाई खेल क्षेत्रको विकासमा विशेष ध्यान दिन आग्रह गरे । शारिरीक, मानसिक र समाजिक विकासमा खेलकुदको ठूलो हात रहेको उल्लेख गर्दे उनले खैल क्षेत्रमा लागेका युवाहरुले देश विकासमा योगदान दिन सक्ने दावी गरे ।
खेल क्षेत्रमा लाग्नेहरु शारिरीक, मानसिक रुपमा तन्दरुस्त र सामाजिक रुपमा सम्मानित हुने भएकाले उनीहरुबाट भावि पुस्ताले धेरै कुरा सिक्न सक्ने उनको भनाई थियो । उपमेयर बानियाँले विकास भनेको भौतिक संरचनाका निर्माणलाई मात्र बुझ्ने परम्पराको अन्त्य गर्नुपर्ने पनि बताए । उनले नगरका सम्पूर्ण वडाहरुलाई खेल क्षेत्रमा लगानी बढाउँन आग्रह गरे ।
केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष राजन दाहाल खुशराज, बागमती प्रदेश खेलकुद परिषदका सदस्य माधव तिमल्सिना, जिल्ला फुटबल संघका महासचिव छवि सुवेदी, १२ नम्बर वडाका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर श्रेष्ठ, ६ नम्बर वडा अध्यक्ष विष्णुबहादुर दाहाल, १३ नम्बर वडा अध्यक्ष पेम्बा लामा लगाएतको उपस्थिति रहेको थियो । 
केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान, मकवानपुर जिल्ला भलिबल संघ र हेटौंडा उपमहानगरपालिका भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा पुरुष तर्फ १० र महिला तर्फ ९ वटा वडाका सहभागिता रहेको छ । प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमशः नगद ५० हजार र ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनल पुग्ने टोलीले पनि १०÷१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय सहित ट्रफी प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीहरुले नगद एकहजार ५ सय रुपैयाँ प्राप्त गर्ने संयोजक रुपाखेतीले बताए । प्रतियोगिताको लागि करिब ८ लाख ४६ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको अघिल्लो संस्करणमा महिला तथा पुरुष दुवैतर्फको उपाधि हेटौंडा १७ नम्बर वडाले जितेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार