Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

उपमेयर कप भलिबलको उपाधि वडा नम्बर १९ र ११ लाई

adfad-1681352979.PNG

३० चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तले स्थित बुद्ध माबिमा भएको पाँचौ संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि क्रमशः वडा नम्बर १९ र ११ ले जितेका छन् ।
प्रतियोगिता केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान, मकवानपुर जिल्ला भलिबल संघ र हेटौंडा उपमहानगरपालिका भलिबल संघको आयोजनामा सम्पन्न भएको हो । बुधबार भएको फाइनलमा महिलतर्फ वडा नम्बर १९ ले वडा नम्बर ९ र पुरुषतर्फ पुरुषतर्फ ११ ले वडा नम्बर १९ लाई हराउँदै उपाधि जितेका हुन् ।
महिलातर्फको उपाधि वडा नम्बर १९ ले ३–२ को सेटमा जितेको हो । वडा नम्बर १९ ले खेल २०–२५, २५–२१, १६–२५, २५–२२ र १५–१३ ले आफ्नो पक्षमा पार्न सफल भयो । तीन सेटसम्मको खेलमा २–१ ले पछि परेको वडा नम्बर १९ ले चौथो र पाँचौ सेटमा शानदार जित निकाल्न सफल भएपछि उपाधि उचालेको हो ।
यस्तै पुरुषतर्फको फाइनल खेलमा ११ नम्बर वडाले १९ नम्बर वडालाई ३–२ को सेटमै पराजित गरेको हो । अति नै प्रतिस्पर्धात्मक खेलमा वडा नम्बर ११ ले लगातार दुई सेट क्रमशः १९–२५ र २१–२५ ले जितेको थियो । तर १९ नम्बर वडाले तेस्रो र चौथो सेटमा क्रमशः २५–१८ र २५–२१ को जित निकालेपछि खेलको निर्णय पाँचौ सेटबाट लिइएको थियो । अन्तिम सेटमा वडा नम्बर ११ ले १५–११ ले खेल आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो ।
जितसँगै दुबै बिजेता टोलीले नगद ५० हजार सहित ट्रफि प्राप्त गरेका छन् भने उपविजेता बनेका दुबै टिमले ३० हजार रुपैयाँ प्राप्त गरे । यस्तै प्रतियोगिताको सेमिफाइनलमा पराजित भएका महिला र पुरुषतर्फका गरि चारवटै टिमले १०÷१० हजार नगद प्राप्त गरेको प्रतियोगिता संयोजक त्रिबिक्रम रुपाखेतीले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार