Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

थाहामा सम्पन्न खुल्ला दौडमा पुरुषतर्फ विकास र महिलतर्फ  सुष्मा प्रथम

daud-1681392248.PNG

३० चैत, थाहा नगर । थाहा नगर खेलकुद विकास समितिको आयोजनामा बिहीबार भएको खुल्ला दौड प्रतियोगितामा पुरुषतर्फ विकास लो र महिला तर्फ सुष्मा घलान विजयी भएका छन् । 
‘स्वस्थ्य मुटुको लागि दौड’ भन्ने नाराका साथ भएको थाहा नगरपालिका स्तरिय खुल्ला महिला तथा पुरुष दौड प्रतियोगितामा पुरुषतर्फ थाहा नगरपालिका ११ का लो प्रथम भएका हुन् । उनले निर्धारित ५ किलोमिटरको दुरी २० मिनेट ५५ सेकेण्डमा पुरा गरेका थिए ।
यस्तै महिलातर्फ ३ किलोमिटर निर्धारित दुरी १४ मिनेट ४४ सेकेन्डमा पुरा गर्दै थाहा १२ कि सुश्मा घलान प्रथम भईन् । प्रथम भएका महिला र पुरुष खेलाडीले जनही १२ हजार नगद सहित शिल्ड र मेडल प्राप्त गरेका छन् ।
यस्तै पुरुषतर्फ निखिल बर्तौलाले निर्धारित दुरी २१ मिनेट १५ सेकेन्डमा पूरा गर्दै दोश्रो भएभने २१ मिनेट ३८ सेकेन्डमा निर्धारित दुरी पार गर्दै लवशेर घिसिङ तेश्रो भए । यसैगरी महिलातर्फ निर्धारित दुरी १५ मिनेट २१ सेकेन्डमा पूरा गर्दै सन्ध्या गोले दोश्रो र १५ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै आशा तामाङ तेश्रो भईन् ।
प्रतियोगितामा दोश्रो र तेस्रो हुनेले क्रमशः ८ हजार र ५ हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्  । प्रतियोगितामा पुरुषतर्फ २१ जना महिलातर्फ ११ जना खेलाडीले सहभागीता जनाएका थिए ।
विजयी खेलाडिहरुलाई थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा वडा न १ का अध्यक्ष हेरमान गोपाली, वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र रायमाझी, वडा नम्बर ४ का अध्इक्ष नारायण लामा, खेलकुद विकास समितिका सदस्य सचीव अनिल लामिछाने, फरक सोचका संयोजक यादवजंग रायमाझी, ल्याम्ह पुचः मकवानपुरका अध्यक्ष सुविन्द्रमान प्रधान लगायतको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ कतारी अमिरलाई उपहार
Capture-1713833417.JPG

११ बैशाख, हेटौंडा । आजबाट दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले...

थप समाचार