Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

राष्ट्रपती रनिङ शिल्डमा जाने खेलाडीको बिदाइ

IMG_20230415_130146-1681543023.jpg

२ बैशाख, हेटौंडा । काठमाण्डौंमा हुने बागमती प्रदेश स्तरीय १३ औं राष्ट्रपती रनि· शिल्डमा सहभागि हुने मकवानपुरे खेलाडीको शनिवार बिदाई गरीएको छ ।
जिल्ला स्तरीय प्रतियोगिताबाट छनौंटमा परेका बिभिन्न ६ खेलमा आवद्ध खेलाडी तथा अफिसीएल टोलीलाई हेटौंडामा औपचारीक कार्यक्रमका बिच हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले शुभकामना दिर्दै बिदाई गरेका हुन् ।
जिल्ला खेलकुद बिकास समिति मकवानपुरको परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख लामाले जिल्लामा बढि मात्रमा पदक ल्याउने मनसायका साथ मैदानमा उत्रन खेलाडीहरुलाई आग्रह गरीन् । खेलमा हार जित स्वभाबिक हो, तर आफ्नो आत्मबल बलियो बनाएर मैदानमा उत्रिए सफलता सम्भब भएको उनको भनाई थियो ।
गएको बर्षको तुलनामा खेलाडीहरुले राम्रो प्रदर्शन दिन आवश्यक रहेको भन्दै नगर प्रमुख लामाले आफ्नो कम्जोरी भन्दा पनि प्रतिश्पर्धिको कम्जोरी नियाल्न सके उपाधि आफ्नो बनाउन सकिने बताइन् ।
कार्यक्रममा उप प्रमुख बानियाँले जिल्लाको नामलाई अव्वल साबित गर्न आग्रह गरे । उनले प्रशिक्षकको ज्ञान र आफ्नो आत्मबललाई दरिलो साथ मैदानमा देखाउन सके उपाधि आफ्नो हुने बताए । उनले गत बर्षको तुलनामा सुधारीएको प्रदर्शन गर्न खेलाडिहरुलाई आग्रह गरे ।
काठमाण्डौंमा हुने १३ औं राष्ट्रपती कपमा मकवानपुरबाट सहभागिता जनाउने एथ्लेटिक्स, भलिवल, कवडी, तेक्वान्दो, कराँते, उसुका कोच म्यानेजर र खेलाडी गरी ९० जनाको टोलीको बिदाई गरीएको हो । प्रतियोगितामा सहभागि हुने मकवानपुरका खेलाडीहरुलाई जिल्ला खेलकुद बिकास समितिले ६४ जना खेलाडिलाई ५ दिन बन्द प्रशिक्षणमा राखेको थियो । गत बर्ष मकवानपुरले ६ खेलमा ५ स्वर्ण हात पारेको थियो ।
जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भेष खड्गिको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा प्रदेश खेलकुद बिकास परिषद्का सदस्य माधब तिमल्सिना, हेटौंडा उवमहानगरपालिका खेलकुद बिकास समितिका अध्यक्ष चन्द्र शाहि जिल्लाका बिभिन्न खेलकुद संघका अध्यक्ष तथा पदाधिकारीको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार