३ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आइतबार भएको ‘हेटौंडा रन’ दौड प्रतियोगिताको उपाधि हेटौंडा–१४, बनेलधापका उमेश गोङ्बाले जितेका छन् । नयाँ बर्षको अवसर पारेर उपमहानगरपालिकाले आयोजना गरेको ५ किलोमिटरको निर्धारित दुरी गोङ्वाले २० मिनेट ४ सेकेन्डमा पुरा गरेका हुन् ।
दौडमा प्रथम भएका सोमप्रसाद न्यौपाने जिल्ला बाहिरको भन्ने पुष्टि भएपछि दोस्रो स्थानमा रहेका गोङ्बा स्वतः प्रथम घोषित भएका हुन् । उनले उक्त दुरी १९ मिनेट ५५ सेकेन्डमा पार गरेका थिए । प्रतियोगितामा जिल्ला बाहिका खेलाडीले सहभागीता जनाउँन नपाउँने नियमका कारण प्रथम भएका न्यौपाने प्रतियोगिताबाट बाहिरिएका थिए ।
न्यौपाने बाहिरिएपछि भाग्यमानी सावित भएका गोङ्बाले उपाधिसँगै नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा सञ्जिव मिजार द्वितिय र सनिस लामा तृतीय भएका छन् । मिजारले निर्धारित दुरी २० मिनेट १० सेकेन्डमा र लामाले २० मिनेट १८ सेकेन्डमा दूरी पार गरेका हुन् । उनीहरुले पुरस्कार स्वरुप क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
यसैगरी प्रतियोगितामा सान्त्वना भएका सुमन आले मगर र निशान श्रेष्ठले १०÷१० हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगिताका विजेता तथा उपविजेतहरुलाई हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा र उपप्रमुख राजेश बानियाँले पुरस्कार वितरण गरेका थिए ।
हेटौंडाको बुद्धचोकबाट सुरु भएको दौड कान्तिराजपथको सानोपोखरा, पिप्ले हुँदै पुनः बुद्धचोकमा आएर समापन भएको थियो । प्रतियोगितामा ५६ जनाको सहभागिता रहेको थियो ।
११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...
११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...
११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...
११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ। ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...
११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २६ औ...
११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...
११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...
११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...
११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...
३० चैत, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले हावाहुरी प्रभावित एक परिवारलाई सहयोग गरेको छ । बिहिबार साँझ...