१६ मंसिर, हेटौँडा । अर्काे वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबल २०१८ को समूह विभाजन सार्वजनिक भएको छ । सन् २०१८ को जुन १४ देखि जुलाई १५ सम्म हुने २१ औं संस्करणको विश्वकप फुटबलको गएराति निकालिएको ‘ड्र’ अनुसार उद्घाटन खेल आयोजक रुस र साउदी अरेबिया बीच हुने छ ।
हिजो सार्वजनिक गरिएको ‘ड्र’ अनुसार फ्रान्स, डेनमार्क र पेरु रहेको समूह ‘सी’ लाई गु्रफ अफ डेथको रुपमा हेरिएको छ । यस समूमा फिफा ¥याङकिङ अनुसार फ्रान्स नवौं, पेरु एघारौं र डेनमार्क बाह्रौंमा रहेका छन् । यस्तै युरोकप विजेता पोर्चुगल रहेको समूह ‘बी’ मा साविक विश्वकप विजेता स्पेन पनि रहेको छ ।
त्यस्तै अर्जेन्टिना रहेको समूह ‘डी’ लाई पनि कठिन समूहको रुपमा हेरिएको छ । विश्वकपका लागि फिफाको ६ महादेशका २०९ राष्ट्रले विभिन्न चरणको छनोट चरण पार गर्दै ३२ टोलीको टुंगो लागेको हो । हरेक समूहमा ४ टोली रहका छन् ।
रुस विश्वकपमा यो पटक युरोपबाट १४ राष्ट्र छनोट हुँदा दक्षिण अमेरिका, एसिया र अफ्रिकाबाट समान ५–५ देश छनोट भएका छन् । उत्तर अमेरिकाबाट ३ टोलीले विश्वकपमा स्थान बनाए । यो पटक ओसियाना क्षेत्रबाट कुनै पनि टोलीले स्थान बनाउन सकेनन् ।
समूह ‘ए’ मा आयोजक रुस सँगै साउदी अरब, इजिप्ट र उरुग्वे रहेका छन् । यस्तै समूह ‘बी’मा पोर्चुगल, स्पेन, मोरोक्को र इरान छन् भने, समूह ‘सी’मा फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क रहेका छन् । त्यस्तै समूह ‘डी’मा– अर्जेन्टिना, आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया तथा समूह ‘ई’ मा ब्राजिल, स्वीट्जरल्याण्ड, कोष्टा रिका र सर्विया रहेका छन् ।
समूह ‘एफ’ मा जर्मन सँगै मेक्सिको, स्वीडेन र दक्षिण कोरिया छन् भने, समूह ‘जी’मा बेल्जियम, पानमा, ट्युनिसिया र इंग्ल्याण्ड रहेका छन् । त्यस्तै समूह ‘एच’मा पोल्याण्ड, सेनेगल, कोलम्विया र जापान रहेका छन् ।
८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...
८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...
८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् । पक्राउ...
८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...
७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...
७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२५ चैत, हेटौंडा। मकवानपुरको मनहरीमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।आइतबार बिहान मनहरी गाउँपालिका...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
२७ चैत, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले चैत ४ गते देखि १० गते सम्म संचालित २०८० सालको आधारभूत तह कक्षा ८ को...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
२७ चैत, हेटौंडा । हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड आजबाट...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...
३० चैत, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले हावाहुरी प्रभावित एक परिवारलाई सहयोग गरेको छ । बिहिबार साँझ...