Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

एसीसी प्रिमियर कप क्रिकेटको उपाधि नेपाललाई

Screenshot_20230502_15300-1683020731.jpg

१९ बैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि चुमेको हो । 
जितसँगै नेपालले यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसिया कप क्रिकेट प्रतियोगितामा पनि स्थान पक्का गरेको छ । 
फाइनल खेलमा नेपालले जितका लागि १ सय १८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको थियो । नेपालको जितमा गुल्सन झा र भिम सार्कीले चौंथ विकेटका लागि ९६ रनको अविजित साझेदारी गरे।
गुल्सन झाले ८४ बलमा ६७ रन बनाएर अविजित रहँदा ३ चौका र ६ छक्का प्रहार गरेका थिउ। त्यस्तै भिम सार्कीले ७२ बलमा ३६ रन बनाए। उनले ४ चौका प्रहार गरेका थिए। त्यसअघि नेपालले २२ रन जोड्दा तीन विकेट गुमाएको थियो। युएईका लागि रोहन मुस्ताफाले २ विकेट लिंदा आयान खानले १ विकेट लिएका थिए।
वर्षाका कारण सोमबार पुरा हुन नसकेको फाइनलको बाँकी खेल मंगलबार सम्पनन् भएको हो । युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रनबाट खेल सुरु गर्दै ३३.१ ओभरमा १ सय १७ रन बनाउँदा अलआउट भएको थियो। ललित राजवंशीलेनै नेपालका लागि अन्तिम विकेट लिएका थिए।
युएईका लागि आसिफ खानबाहेक कुनै पनि ब्याटर क्रिजमा जम्न नसक्दा कमजोर अवस्थामा समेटिन पुग्यो । उसका लागि आसिफ खानले ४६ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै, कप्तान मुहम्मद वासिमले ११ रन बनाउँदा आर्यान लाक्राले १३ रन बनाए। नेपालका लागि ललित राजवंशीले ४ विकेट लिँदा करण केसी र सन्दीप लामिछानेले समान २-२ विकेट हात पारे। त्यस्तै, सोमपाल कामी र गुल्सन झाले समान १-१ विकेट लिएका छन्।
प्रतियोगितामा नेपाल समूह ए को विजेता हुँदै फाइनलमा स्थान पक्का गरेको थियो । कुवेतसँगको सेमिफाइनल खेल वर्षाको कारण नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको थियो भने युएईले सेमिफाइनलमा ओमानलाई डिएल म्याथोडमा दुई रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार