१९ मंसिर, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघका महासचिब महेन्द्र राउतले आगामी कार्यकालका लागि आफुले अध्यक्षमा उम्मेदवारी दिने दावी पुनः दोहोर्याएका छन् ।
हेटौँडामा मंगलबार पत्रकार सम्मेलन गर्दै राउतले बजारमा आफ्नो उम्मेदवारीबारे अनावश्यक हल्लाहरु आएको भन्दै यसमा विश्वास नगर्न समेत व्यवसायीहरुलाई आग्रह गरेका छन् । उनले उम्मेदवारी नदिने, अरुलाई समर्थन गर्ने जस्ता चर्चा चल्न थालेपछि राउतले पत्रकार सम्मेलन नै गरी आफुले उम्मेदवारी दिने दावि गरेका हुन् । राउतले यसअघि नै पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका थिए । आफु व्यवसायिक हितका लागि तल्लिन रहेको र मकवानपुरको आर्थिक जगतमा यसको प्रशंसा भईरहेको उनको भनाई छ । आफुले मकवानपुरका सबै क्षेत्रका उद्योगी व्यवसायीसंगको परामर्शमा उम्मेदवारी दिने घोषणा गरेको उनको भनाई थियो ।
२५ मिटर प्रकरणमा उद्योग बाणिज्य संघको नेतृत्व भाषणबाजीमा व्यस्त रहँदा व्यवसायीसंगै डोजरमा चढ्ने व्यक्ति आफु भएको समेत उनको दावि छ । हेटौँडा बजार उजाड हुनु भन्दा १६–१६ मिटर सडक कायम गर्ने सरकारी निर्णयले केही राहत मिल्ने उनको भनाई थियो । मकवानपुरको आर्थिक क्षेत्रको समस्या समाधानमा आफुले अहिलेसम्म सकारात्मक भुमिका खेलेको र आगामी दिनमा यसको निरन्तरताका लागि अध्यक्षमा उम्मेदवारी दिन लागेको बताए ।
पत्रकार सम्मेलनमा नेपाल निर्माण सामाग्री ब्यापार महासंघका बरिष्ठ उपाध्यक्ष कृष्णराम न्यौपानेले बाणिज्यतर्फको उपाध्यक्षमा उम्मेदवारी दिने बताए । उनले आफुले बाणिज्य क्षेत्रको समस्या नजिकबाट बुझेको बताउँदै उद्योग बाणिज्य संघमार्फत नीतिगत ढंगबाट समस्या समाधान गर्न प्रयास गर्ने दावि गरे । उनले आफुले यसअघि पनि संघको कार्यसमिति सदस्य भई व्यवसायिक हितमा काम गरेको भन्दै आगामी कार्यकालमा थप काम गर्ने अठोट व्यक्त गरे । उद्योग बाणिज्य संघलाई व्यवस्थित र संस्थागत व्यवसायिकता अभिबृद्धिमा प्रयास गर्ने दुबैको दावि छ ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















