११ जेठ, हेटौंडा । मकवानपुरका सोहन राई र काभ्रेकी पेमा लामा जारी दोस्रो बागमती प्रदेश खेलकुदको बक्सिङ प्रतियोगितामा उत्कृष्ट बक्सर घोषित भएका छन् ।
हेटौंडास्थित हेटौंडा कभर्डहलमा सम्पन्न बक्सिङ प्रतियोगितामा पुरुष ६३ केजी तौल समूहमा स्वर्ण विजेता सोहन र महिला ५७ केजीमा स्वर्ण विजेता पेमा उत्कृष्ट बक्सर भएकी हुन् । सोहनले फाइनलमा सिन्धुपाल्चोकका प्रज्वल श्रेष्ठलाई ५–० ले हराए । पेमाले भने फाइनलमा चितवनकी नतिसा थापामगरलाई ५–० ले नै नै हराइन् । प्रतियोगितामा काभ्रे ७ स्वर्ण, २ रजत र २ कांस्यसाथ टिम च्याम्पियन बन्यो । समान ३–३ स्वर्ण, रजत र कांस्यसाथ काठमाडौं दोस्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको भक्तपुरले ३ स्वर्ण हात पार्यो ।
पुरुष ४८ केजीमुनि काभ्रेका लक्ष्मण राईले स्वर्ण र लतिलतपुरका प्रकाश कठायतले रजत पदक जिते ।
पुरुष ५१ केजीमुनि काभ्रेका लालप्रसाद उप्रेती र ५४ केजीमा काठमाडौंका मदनकृष्ण डंगोलले स्वर्ण जिते । फाइनलमा लालप्रसादले मकवानपुरका शशी विक र मदनले काभ्रेका सुलभ डंगोललाई समान ५–० ले हराए । ५७ केजीमा नुवाकोटका निरन्जन मोक्तानले फाइनलमा ललितपुरका रोशन आछामीलाई ३–३ ले हराउँदै स्वर्ण जिते । ६० केजी तौलसमूहमा ललितपुरका सागर दर्जी र ६७ केजीमा ललितपुरकै विकास रानामगरले मकवानपुरका अनिष मुलामीलाई अंकका आधार हराउँदै स्वर्ण जिते ।
पुरुषको ६७ केजी तौलसमूहमा सिन्धुपाल्चोकका चन्द्रबहादुर तामाङलाई ५–० ले हराउँदै स्वर्ण जिते । ७५ केजीमा काठमाडौंका अश्विनधीरण श्रेष्ठले फाइनलमा नुवाकोटका आषिश पुडासैनी र ८० केजीमा सिन्धुपाल्चोकका निश्चल विष्टले सबिन महतलाई हराउँदै स्वर्ण पदक प्राप्त गरे । ८६केजी तौलसमूहमा भक्तपुरका विजय बाटाले काठमाडौंका आयुष अधिकारीलाई हराउँदै स्वर्ण जिते । ९२ केजीमाथि काठमाडौंका सन्जोक गुरुङले पहिलो राउन्डमा नै काठमाडौंका शुभम पाठकलाई हराउँदै स्वर्ण आफ्नो बनाए ।
महिलातर्फ ४८ केजीमा सिन्धुलीका रमिशा श्रेष्ठले फाइनलमा काभ्रेका पूर्णिमा तामाङ र ५० केजीमाथि भक्तपुरकी अस्मिता दुवालले काठमाडौंकी उर्वशी श्रेष्ठलाई हराउँदै स्वर्ण पदक प्राप्त गरे । महिलाकै ५२ केजीमा भक्तपुरकी भावना भण्डारीलाई र ५४ केजीमा काभ्रेकी एलिना गर्बुजालाई हराउँदै स्वर्ण पदक आफ्नो बनाए । ६० केजीमा नुवाकोटकी रक्षा जिसीले फाइनलमा चितवनकी जस्मिन गुरुङलाई पहिलो राउन्डमा नै हराउँदै स्वर्ण आफ्नो बनाइन् । ६३ केजीमा काभ्रेकी जिबिका थापा र ६६ केजीमा काभ्रेकै प्रतिशा राईले स्वर्ण पदक प्राप्त गरे ।
फाइनलमा जिबिकाले काठमाडौंकी सन्जना पुजारी र प्रतिशाले चितवनका तृष्णा गुरुङलाई हराइन् । महिलाकै ७५ केजीमा काभ्रेकी शीला महर्जनले फाइनलमा चितवनकी तनिशा महर्जनलाई हराउँदै स्वर्ण पदक प्राप्त गरिन् ।
विजेता खेलाडीलाई बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका कार्यालय प्रमुख देवनारायण चौधरी, प्रतियोगिता संयोजक एवं नेपाल बक्सिङ संघका सदस्य मानबहादुर भण्डारी, नेपाल बक्सिङ संघका सदस्य धनकुमार मैनाली, आईटीओ तथा टेक्निकल डेलिगेट पुस्करराज पन्त, बक्सिङका पूर्व प्रमुख प्रशिक्षक प्रकाश थापा मगर लगायतले पुरस्कृत गरे ।
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...






-1786686763.jpg)











