Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

तेश्रो मेयर कपमा हेटौंडा १० को बिजयी सुरुवात

Capture-1685496394.JPG

१७ जेठ, हेटौंडा । हेटौंडा–५ पिप्ले क्याम्पा रंगशालामा जारी तेश्रो मेयर कप फुटबल प्रतियोगितामा हेटौंडा १० ले बिजयी सुरुवात गरेको छ । 
प्रतियोगिता अन्तरगत मंगलबार भएको प्रतिश्पर्धात्मक खेलमा हेटौंडा ६ लाई २–० गोल अन्तरले पाखा लगाउँदै हेटौंडा १० ले बिजयी सुरुवात गरेको हो । 
निकै प्रतिश्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको थियो । सुरुवाती चरणबाटै राम्रो मौकाहरु गुमाएका दुवै टिमले पहिलो हाफमा अग्रता लिन सकेको थिएन ।
दोश्रो हाफमा अग्रता बनाउने प्रयत्न भएपनि १० नम्बरले खेलको ४१ औं मिनेटमा खेलमा अग्रता लिएको थियो । टिमलाई अग्रता दिलाउन १० नम्बरका प्रितम स्याङवोले गोल गरेका थिए । 
एक गोलले अग्रता लिएको १० नम्बर सँग बराबरी गर्दै खेलमा फर्कने प्रयास गरेको ६ नम्बरको प्रयत्न सफल हुन नपाउँदै खेलको ५१ औं मिनेटमा गोलअन्तर दोव्बर भएको थियो । टिमका लागि उनै स्याङवोले दुई गोलको अन्तर निकाल्दै टिमलाई बिजयी बनाए ।
प्रतियोगितामा राम्रा मुभहरु बनाएका हेटौंडा ६ का सुरज स्याङतान म्यान अफदी म्याच घोषित भए ।  
उपमहानगरका १९ वडाको सहभागिता रहेको प्रतियोगितामा बिजेताले नगद २ लाख, उपबिजेता १ लाख ५० हजार, सन्तवना २ वटा टिमलाई ५०÷५० हजार, सर्बोत्कृष्ठ खेलाडिलाई १५ र उत्कृष्ठ खेलाडिहरुलाई ५÷५ हजार रुपियाँ नगद सहित शिल्ड एवम् मेडल पुरस्कार रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तरगत बुधवार हेटौंडा ४ र १८ नम्बर वडा बिच खेल हुने आयोजकले जनाएको छ । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद बिकास समितिको आयोजनामा भएको प्रतियोगिता जेठ २७ गते सम्म चल्ने छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार