१७ जेठ, हेटौंडा । हेटौंडा ४ स्थित हुप्रचौरमा रहेको भलिबल कोर्टमासुरु भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश भलिबल टिम र एपिएफ क्लवले बिजयी सुरुवात गरेको छ ।
मंगलबार भएको उद्घाटन खेलमा घरेलु टिम मकवानपुरलाई सोझो सेटमा हराउँदै गण्डकीले विजयी सुरुवात गरेको हो । गण्डकीले मकवानपुरलाई २५–१८, २५–१७ र २५–१९ को सेटमा हराएको हो । खेलमा गण्डकीका सन्तोष थापा मगर म्यान अफ द म्याच भए ।
दोस्रो खेलमा पाथिभरा भलिबल टिम झापालाई एपिएफले हराएको छ । पाथिभरालाई एपिएफले २५–२२, २५–१६, २३–२५, २५–२३ को सेटमा हराएको हो ।
केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा सुरु भएको राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले उपमहानगरपालिकाले सबै खेललाई उत्तिकै महत्व दिँदै बजेटको व्यवस्था गर्दै आएको बताइन् ।
यस प्रतियोगिताले नेपालको भलिबल खेलमा विशिष्ट योगदान पु¥याएका राष्ट्रिय प्रशिक्षक केशवलाल श्रेष्ठको सम्मान हुने उनको भनाई थियो ।
२० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले २ लाख तथा उपविजेताले एकलाख रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सेमीफाईनलमा पुग्ने २ टिमले ५०÷५० हजार रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र विधागत उत्कृष्ट हुने खेलाडीहरुलाई जनही नगद ५÷५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजक केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले जानकारी दिए ।
प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहित बागमती प्रदेश भलिवल टिम, मधेश प्रदेश भलिवल टिम, मणिमुकुन्द भलिबल टिम बुटवल, गण्डकी प्रदेश भलिवल टिम, वालिङ भलिवल टिम स्याङ्जा, पाथिभरा भलिबल टिम झापा र आयोजक मकवानपुर जिल्ला भलिवल संघको सहभागिता रहेको छ ।
१२ असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिष्पर्धा...
१२ असोज, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनीबीच...
१२ असोज, काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज चीनको छेन्दु जाँदै छन् ।...
१२ असोज, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका-५, खयरबनी चोकबाट प्रहरीले कटुवा पेस्तोलसहित एक भारतीय युवकलाई...
१२ असोज, हेटौंडा । मकवानपुरमा विभिन्न प्रकृतिका घटना, मुद्दा र त्यसमा संलग्नहरु पक्राउ पर्नेको संख्या बढ्दो...
१२ असोज, हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिले १० जना खेलाडीहरुको ५ लाख रुपैयाँका दरले सामुहिक दुर्घटना...
१२ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। हाल देशको पहाडी भू-भागमा आंशिक...
११ असोज, हेटौँडा । सव डिभिजन वन कार्यालय, हेटौडाको आयोजनामा विहिवार हेटौडामा समन्वय बैठक बसेको छ । सव डिभिजन वन...
११ असोज,हेटौँडा । हेटौंडा–१८ बड्कुलेका बासिन्दाले निःशुल्क खानेपानी पाउँने भएका छन् । २०५८ सालबाट सञ्चालन...
४ असोज,हेटौँडा । हेटौंडामा श्रीमानको कुटाईबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । बुधबार राति हेटौंडा–१४ नयाँ...
१ असोज, हेटौंडा । पुर्व-पश्चिम लोकमार्ग अन्तर्गत पथलैया-निजगढ सडकखण्डको जितपुरसिमरा-१६ बाह्रकिलोमा पिकअप भ्यान...
२९ भदौ,हेटौँडा । मकवानपुरका सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरुको हकहित विपरित भएको भन्दै हेटौँडामा शिक्षा...
३१ भदौ,हेटौँडा । मकवानपुरको मनहरी र मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएको छ । आइतबार...
३० भदौ,हेटौँडा । भदौ २७ गते हेटौँडास्थित सन्चो अस्पतालका डाक्टर विकास थापा तथा प्रशान्त विडारी माथि भएको...
११ असोज, हेटौंडा । हेटौंडा-६ चौघडाको दुई सहकारी संस्थामा गएराति चोरी भएको छ । चौघडामा रहेको जनकल्याण बचत तथा ऋण...
१ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट विदेशी मुद्रासहित एक भारतीय पक्राउ परेका छन् । पक्राउ...
८असोज,हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्र्तगत चितवनको खुरखुरेमा दुइवटा यात्रुवाहक बस ठोक्किदा ३१ यात्रु...
१ असोज ,हेटौँडा । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा यहि असोज १३ गते हेटौँडामा हुने...