१७ जेठ, हेटौंडा । हेटौंडा ४ स्थित हुप्रचौरमा रहेको भलिबल कोर्टमासुरु भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश भलिबल टिम र एपिएफ क्लवले बिजयी सुरुवात गरेको छ ।
मंगलबार भएको उद्घाटन खेलमा घरेलु टिम मकवानपुरलाई सोझो सेटमा हराउँदै गण्डकीले विजयी सुरुवात गरेको हो । गण्डकीले मकवानपुरलाई २५–१८, २५–१७ र २५–१९ को सेटमा हराएको हो । खेलमा गण्डकीका सन्तोष थापा मगर म्यान अफ द म्याच भए ।
दोस्रो खेलमा पाथिभरा भलिबल टिम झापालाई एपिएफले हराएको छ । पाथिभरालाई एपिएफले २५–२२, २५–१६, २३–२५, २५–२३ को सेटमा हराएको हो ।
केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा सुरु भएको राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले उपमहानगरपालिकाले सबै खेललाई उत्तिकै महत्व दिँदै बजेटको व्यवस्था गर्दै आएको बताइन् ।
यस प्रतियोगिताले नेपालको भलिबल खेलमा विशिष्ट योगदान पु¥याएका राष्ट्रिय प्रशिक्षक केशवलाल श्रेष्ठको सम्मान हुने उनको भनाई थियो ।
२० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले २ लाख तथा उपविजेताले एकलाख रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सेमीफाईनलमा पुग्ने २ टिमले ५०÷५० हजार रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र विधागत उत्कृष्ट हुने खेलाडीहरुलाई जनही नगद ५÷५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजक केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले जानकारी दिए ।
प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहित बागमती प्रदेश भलिवल टिम, मधेश प्रदेश भलिवल टिम, मणिमुकुन्द भलिबल टिम बुटवल, गण्डकी प्रदेश भलिवल टिम, वालिङ भलिवल टिम स्याङ्जा, पाथिभरा भलिबल टिम झापा र आयोजक मकवानपुर जिल्ला भलिवल संघको सहभागिता रहेको छ ।
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...





-1786686763.jpg)











