२४ जेठ, हेटौंडा । बागमती प्रदेशमा अपराधका मुद्धा दर्ता ३.१ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्यांक अनुसार गत आव २०७८/७९ को तुलनामा चालु आव २०७९/०८० को जेठ २२ गतेसम्ममा अपराधका मुद्धा दर्ता ३.१ प्रतिशतले बढेको देखिएको हो ।
गत आर्थिक बर्षमा ३९३४ मुद्धा दर्ता भएकोमा चालु आव यो अवधीमा ४०५४ मुद्धा दर्ता भएको तथ्यांकमा उल्लेख छ । कर्तव्य ज्यान मुद्धा गत आवमा ५५ मुद्धा दर्ता भएकोमा ३४.५ प्रतिशतले घटेर चालु आवमा ३६ मुद्धा दर्ता भएको छ । ज्यान मार्ने उद्योगमा गत आवमा १०२ मुद्धा दर्ता भएकोमा ३८.२ प्रतिशतले कमी आएर ६३ मुद्धा दर्ता भएका छन् । सवारी ज्यान मुद्धामा गत आवमा २९७ मुद्धा दर्ता भएकोमा चालु आवमा ३० प्रतिशतले कमी आई २०८ मुद्धा दर्ता भएको तथ्यांकले देखाएको छ । लागु औषध मुद्धा गत आवमा ३०५ दर्ता भएकोमा चालु आवमा ५.६ प्रतिशतले बढेर ३२२ वटा दर्ता भएको छ । जवरजस्ती करणी उद्योग अन्तरगत गत आर्थिक बर्षमा ६१ मुद्धा दर्ता भएकोमा चालु आवमा ३.३ प्रतिशत घटेर ५९ वटा मुद्धा दर्ता भएको छ ।
त्यस्तै, गत आवमा आत्महत्याका ७८९ मुद्धा दर्ता भएकोमा चालु आवको यो अवधीमा ०.६ प्रतिशत बढेर ७९४ मुद्धा दर्ता भएको छ । गत आवमा ठगीका ४० मुद्धा दर्ता भएकोमा चालु आवमा ४२.५ प्रतिशतले बढेर ५७ मुद्धा दर्ता भएको छ । चोरीका मुद्धा गत आवमा २३६ वटा दर्ता भएकोमा ९.७ प्रतिशतले बढेर चालु आवमा २५९ मुद्धा दर्ता भएको छ । त्यस्तै, गत आवमा ३० जुवासम्बन्धी मुद्धा दर्ता भएकोमा १० प्रतिशतले बढेर चालु आवमा ३३ मुद्धा दर्ता भएको छ । बहुविवाह मुद्धा गत आवमा ८५ मुद्धा दर्ता भएकोमा २३.५ प्रतिशतले घटेर चालु आवमा ६५ मुद्धा दर्ता भएको छ । त्यस्तै, अन्य शिर्षकमा गत आवमा १६९६ मुद्धा दर्ता भएकोमा चालु आवमा १४ प्रतिशतले बढेर १९३४ मुद्धा दर्ता भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















