Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

स्वास्थ्यमन्त्री बस्नेतले गरे हेटौंडा अस्पताल अनुगमन

IMG_20230608_203945-1686236104.jpg

२५ जेठ, हेटौंडा । संघीय स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले बिहीबार हेटौंडा अस्पतालको निरीक्षण गरेका छन् । हेटौंडा अस्पतालको आकस्मिक रुपमा अनुगमन गरेका मन्त्रीद्वयले अस्पतालको अवस्था र उपचार सेवाका बारेमा अस्पताल प्रशासन, सेवाग्राहीसँग जानकारी लिएका थिए ।
अस्पतलामा सेवा लिन आएका सेवाग्राहीहरुले अस्पतालमा उपचारमा ढिलाई हुने गरेको, बीमाको औषधि नपाएको, हरेक ठाउँमा धेरै भिड हुने गरेको भन्दै गुनासो गरेका थिए ।
मन्त्री बस्नेतले अस्पतालका मेसु डा. रामचन्द्र सापकोटालाई अस्पतालको व्यवस्थापनमा ध्यान दिन निर्देशन दिएका थिए । उनले अस्पतालहरुले १० प्रतिशत शैया विपन्नका लागि छुट्याएर निःशुल्क सेवा दिने व्यवस्था मिलाउन पनि निर्देशन दिए । यस्तै उनले सरकारी अस्पतालहरुले उपकरण किनेर प्रयोगमा नल्याउने र थन्क्याएर राख्ने प्रवृति बढेको भन्दै मन्त्रालयसँग समन्वय नगरी कुनै पनि नयाँ उपकरण खरिद नगर्न निर्देशन दिए ।
मन्त्री बस्नेतले राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन र काम नगर्नेलाई कारवाही गर्ने भन्दै सेवा गर्ने जिम्मेवारी लिएपछि त्यसबाट पछि हट्नु नहुने र जिम्मेवार भएर काम गर्नुपर्ने बताए । यस्तै अस्पतालको मेसु डा. सापकोटाले अस्पतालले प्रदान गर्दै आएको सेवा र अस्पतालका समस्याका बारेमा जानकारी गराएका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार