Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हास्यव्यङ्यकार रिजाल सम्मानित 

fda-1686449977.JPG

२८ जेठ, हेटौंडा । डा.गणेशकुमार पौडेल स्मृति हास्यव्यङ्ग्य सम्मान २०८० बाट मकवानपुरे हास्यव्यङ्ग्यकार आरसी रिजाल सम्मानित भएका छन् । सिस्नुपानी नेपाल मकवानपुरले शनिबार आयोजना गरेको स्मृति ग्रन्ध लोकार्पण, सम्मान तथा रचना वाचन कार्यक्रममा रिजाललाई नगद २५ हजार १ राशी सहित सम्मान गरिएको हो ।
सिस्नुपानी नेपाल मकवानपुरका पूर्व अध्यक्ष तथा सल्लाहकार डा.गणेशकुमार पौडेलको पुण्यतिथिमा पौडेलका परिवारले स्थापना गरेको उक्त सम्मान रिजाललाई प्रदान गरिएको हो । 
यसैविच सम्मानबाट प्राप्त नगद २५ हजार रुपैयाँमा व्यक्तिगत २५ हजार थपेर रिजालले अक्षयकोषलाई नै प्रदान गरेका छन् । उनले नगद ५० हजार रुपैयाँ सिस्नुपानी नेपाल मकवानपुरका कोषाध्यक्ष शुभद्रा हुमागाईलाई हस्तान्तरण गरेका हुन् । 
यस्तै शनिवार नै सिस्नुपानी नेपाल मकवानपुरद्वारा प्रकाशित सिर्जना र सम्झनामा डा.गणेशकुमार पोडेल किताब लोकार्पण पनि गरिएको छ । सिस्नुपानीका अध्यक्ष राजकुमार लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा व्यङ्ग्यकार नरनाथ लुइटेलको प्रमुख आतिथ्यता रहेको थियो । 
कार्यक्रममा सहभागी अतिथिहरुले पौडेलको तस्विरमा माल्यार्पण गरेका थिए । कार्यक्रममा कवि पुरुषोत्तम आचार्य, सबिता तिमल्सिना पौडेल, ओम भण्डारी, माधव भण्डारी ‘रश्मी’, सुवास सजल, प्रसन्न अर्याल, डीवि बर्तौला, स्वस्तिका दाहाल लगायतले रचना वाचन गरेका थिए । 
 

ddaa-1686449978.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार