सुनिल शिवाकोटी
२८ जेठ, हेटौंडा । जलवायु परिवर्तनले गर्दा बृद्धि भइरहेको तापक्रमका कारण देशभर दिनप्रति दिन गर्मी बढीरहेको छ । बढ्दो गर्मीका कारण सर्वसाधरणको दैनिकि कष्टकर बन्दै गएको छ । मानिसहरु गर्मी छल्ने विभिन्न उपाएको खोजीमा लागेका छन् ।
यसैबिच मकवानपुरको भिमफेदी गाउँपालिका स्थित त्रिखण्डी क्षेत्र, सामरी र राप्ति खोला ४० डिग्री तापक्रमको उखरमाउलो गर्मी छल्नका लागी धेरैको रोजाईमा परेका छन् । गर्मी छल्न र मनरोञ्जन गर्नका लागी यी क्षेत्रहरु अहिले धेरैका लागी उत्कृष्ट गन्तव्य बन्दै गएका छन् ।
भिमफोदी गाउपालिका २ मा रहेको त्रिखण्डी, राप्ती खोलाका किनारमा रहेको स्थान आजभोलि बिशेषगरी आन्तरिक पर्यटक तथा बाह्य पर्यटनकहरुले खचाखच भरिने गरेको छ । सम्पूर्ण परिवारका सदस्य हुन या छरछिमेकी या कुनै अफिसका कर्मचारी वा मजदुर, या युगलजोडि नै किन नहुन सबैको मनोरञ्जन तथा गर्मी छल्ने र मन भुलाउने गन्तव्यको रुपमा स्थापना भईरहेको छ त्रिखण्डी क्षेत्र ।
बढ्दो गर्मी भुलेर एकछिन भएपनि परिवारका सदस्य तथा साथीभाइसंग बसेर मिठो खाएर रमाइलो गर्न र खोलामा पौडिएर मनोरन्ज लिन आउँनेहरु हेटौंडा आसपासका मानिस मात्र होइन मकवानपुरको छिमेकी जिल्ला बारा र पर्सा सँगै भारतको रक्सौलबाट समेत यहाँ आउँने गरेका छन् ।
प्रस्टखबर टिम त्रिखण्डी पुग्दा वनभोज खान भारतको रक्सौलबाट आएका रमेश गुप्ताले त्रिखण्डी गर्मीबाट बच्ने उयुक्त स्थान भएको बताए । आफु साथीहरुसंग प्राय समय मिलाएर त्रिखण्डी आउने गरेको बताउँदै गुप्ताले गर्मी छल्न राप्ती खोलामा पौडि खेल्ने र शित्तल छहारीमा बसेर रमाइलो गर्ने गरेको सुनाए ।
त्यसैगरी विरगंजबाट वनभोज खान आएका अरविन्द पटेलले यहाँको चिसो र शान्त वातावरणले आनन्द लागेको बताए । उनले आफु यसैबर्ष मात्रै त्रिखण्डी तेस्रोपटको आएको सुनाए । ‘अहिले विरगंजमा धेरै गर्मी छ । यहाँ आनन्दको लागी आएको । यसैपटक म त तीनचोटी भइसक्यो यहाँ आएको ।’ उनले भने ।
विशेषगरी बारा, पर्सा, रौतहतका साथै भारतको विभिन्न स्थानबाट मानिसहरु यहाँ आउने गरेको शनिबार भने प्रायः भिडभाड हुने गरेको स्थानीय होटल संचालन गर्दै आएका भक्त बहादुर रानाले बताए । ‘शनिबार त झन धेरै मानिसहरु परिवार सहित आउँछन् । यस्तै स्कुल, कलेजका विद्यार्थीहरु पनि वनभोज खान र खोलामा पौडि खेल्न आउँछन् । शनिबार व्यापार पनि बढी हुन्छ ।’ रानाले सुनाए ।
त्रिखण्डी क्षेत्रमा रहेका खोलाको सरसफाई, आसपासको क्षेत्रमा बृक्षा रोपण र त्यसको राम्रो संरक्षण गर्न सके ठुलै संख्यामा आन्तरिकका साथै बाह्य पर्यटक भित्राउन सकिने देखिन्छ । हजारैको संख्यामा मानिसहरुको चहलपहल हुने उक्त स्थानको सेडहरी निर्माण गरी, विक्षारोपण गरी गाउपालिकाले गुरु योजनाका साथ अगाडी बढने सके त्रिखण्डीलाई उत्कृष्ट वनभोज स्थल तथा पर्यटकको गन्तव्यको रुपमा विकास गर्न सकिने देखिन्छ ।
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















