२८ जेठ, हेटौंडा । हेटौंडा-१६ मा रहेको जनप्रिय माविका पूर्व विद्यार्थीहरुले आइतबार विद्यालयलाई ६ वटा खानेपानी फिल्टर प्रदान गरेका छन् । एसएलसी व्याच २०६८ को समूहले विद्यालयलाई फिल्टर हस्तान्तरण गरेको हो ।
विद्यार्थी समुहका संयोजक रुपक विकको सभाध्यक्षाता तथा हेटौंडा उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । आफू पढेको समयमा विद्यालयमा पानीको व्यवस्थापन हुन नसक्दा विद्यालय नै बन्द गर्नुपरेको ती विद्यार्थीहरुले स्मरण गरे । कम्तिमा आफ्नो कमाईबाट केही रकम छुट्याएर भएपनि शुद्ध पानी आपूर्तीका लागि त्यस्तो अभाव हुन नदिन पूर्व विद्यार्थीको यो समुहले फिल्टर हस्तान्तरण गरेको बताएको छ ।
प्रमुख अतिथी कोईरालाले विद्यार्थीको कार्य प्रति खुसी व्यक्त गरेका छन्।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितका अध्यक्ष रमेशप्रसाद खतिवडाको विशेष आतिथ्यता रहेको थियो । अतिथिहरु व्यवस्थापन समिति सदस्य कृष्णप्रसाद पनेरु, विद्यालयका प्रअ भुपेन्द्र चौलागाई, जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख डा विजय नेपाल, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रधानाध्यापक चौलागाईँले पूर्व विध्यार्थीहरु समग्र विद्यालयकै प्रतिविम्व भएकोले उनीहरुको अभियानमा प्रतिवद्ता जनाउँदै आफ्नो तर्फबाट पनि १ थान फिल्टर थप गरिएको जानकारी गराए । क्याम्पस प्रमुख नेपालले समेत थप १ थान फिल्टर सहयोग गरी विद्यालयलाई जम्मा ६ थान फिल्टर प्राप्त भएको हो ।
कार्यक्रममा विव्यस अध्यक्ष रमेशप्रसाद खतिवडाले आफ्ना सन्तान पनि यसै विद्यालयका पूर्व विद्यार्थी भएकाले १ थान फिल्टर आफ्नो तर्फबाट थप गर्ने घोषणा समेत गरेका छन् ।
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
















