२८ जेठ, हेटौंडा । थाहा नगरपालिका नगरकार्यपालिकाको बैठक आईतबार सम्पन्न भएको छ ।बैठकले थाहा नगरपालिका वडा नं. ४ मा निर्माणाधिन थाहा बसपार्क संचालन तथा व्यवस्थापन कार्यविधि २०८० पारित गरेको छ।
कार्यविधि पारित भएसंगै अन्यौलमा रहेको थाहा बसपार्क संचालनको बाटो खुल्ला भएको प्रवक्ता हेरमान गोपालीले जानकारी दिए ।
कार्यबिधि अनुसार थाहा बसपार्क नगरपालिकाको मातहतमा रहने गरि नगर प्रमुखले सिफारिस गरेको ब्यक्तिको अध्यक्षतामा सात सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ । समितिमा एकजना सचिब, एकजना कोषाध्यक्ष रहनेछन् । समितिका सदस्यहरुमा नगर प्रहरी प्रमुख, यातायात व्यावसायीहरु मध्येबाट एक जना, उद्योग वाणिज्य संघको तर्फबाट एक जना र उपभोक्ताहरु मध्येबाट एक जना हुने व्यवस्था रहेको छ।
बैठकले आगामी आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेटको तयारीका लागि प्रत्येक वडामा टोल भेला गरि सुझाव संकलन गर्ने लगायत बिभिन्न निर्णय गरेको प्रवक्ता गोपालीले जानकारी दिए ।
बैठकले नगरभित्र निर्माण हुने घरहरुको नक्सा पास कार्यविधि ल्याउने समेत निर्णय गरेको छ।
थाहा नगरपालिका भित्र निर्माण भैसकेका र निर्माणाधिन घरहरुको नक्सा पास गर्नुपर्ने मापदण्ड अनुसार निर्माण भएका भवनको निर्माण सम्पन्न प्रमाणपत्र दिने, मापदण्ड बिपरित निर्माण भएका घरहरुलाई अभिलेखिकरण गर्ने, नयाँ बन्ने घरहरुलाई भवन निर्माण सम्बन्धि कार्यविधि बनाई नक्सा पास भएपछि मात्र घर निर्माण गर्न आग्रह गर्ने र डिपिसी गरेर राखेको घरहरुको निर्माण प्रक्रिया पूरा गर्न सूचना जारी गर्ने समेत निर्णय गरिएको कार्यपालिका सदस्य एवम् वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले बताएका छन् ।
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















