२९ जेठ, हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन कुमार थापाले कांग्रेस चुनावमा पराजय हुन तयार छ तर कोहिसँगपनि विचारमा सम्झौता नगर्ने बताएका छन् ।
नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ र २ को प्रदेशसभा ‘ख’को संयुक्त आयोजनामा सोमबार हेटौंडा १९ बस्तिपुरमा भएको क्षेत्रीय सम्मेलनलाई सम्बोधनका क्रममा थापाले पटक पटको चुनाव अघि कांग्रेस नेतृत्वले अरुको पार्टीको मत माग्न गठबन्धन गर्दा कार्यकर्तामा पार्टी प्रति विश्वास गुमेको भन्दै चुनावमा कांग्रेस पराजय हुन तयार हुनुपर्ने तर विचारलाई अरुसंग कदापि सम्झौता गर्न नहुने कुरा बताएका हुन् ।
सम्मेलनलाई सम्बोधनका क्रममा उनले कांग्रेसले भदौमा गर्ने नीति अधिवेशनबाट कुनैपनि पार्टीसँग तालमेल गर्दैन भन्ने निर्णय गर्नु गर्नुपर्ने कुरालाई निर्णय गर्नुपर्ने बताए ।
“कांग्रेस ‘सरकार र सत्ताका लागि पटक पटक जोसँग पनि गठबन्धन गर्छ भन्ने गलत छवि बनेको छ, यस विचारलाई कांग्रेसले बदल्नपर्ने समय आएको छ, यस्ता निर्णयले कांग्रेस कमजोर बन्दै गएको छ”–थापाले भने ।
उनले बरु ५ पटक चुनाव हारे हार्छ तर अब कांग्रेसले गाउँ, वडा, प्रदेश र संघीय निर्वाचनमा कसैसँग तालमेल गर्न नहुने बताए । उनले सम्बोधनका क्रममा नेपाली नागरिक अत्तालिएका छन्, निराश भएका छन् किन निराशा छाएको छ भन्ने प्रश्नको उत्तर खोज्नु आवश्यक देखिन्छ र कांग्रेस फेरि जनतामाझ जानु आवश्यक रहेको प्रष्ट पारे ।
उनले नेताकोमा धाएर टिकट पाउने अवस्थाको अन्त्य गर्दै टिकटका लागि जनता र कार्यकर्ताको माझ जाने अवस्था बनाउनुपर्ने कुराको उदघोष गरेका थिए । सम्बोधनको अन्त्यमा थापाले पार्टीमा अब अनलाइनबाटै क्रियाशील सदस्यता लिने र नविकरण गर्ने अवस्था निर्माण गरिने जानकारी दिएका थिए ।
कार्यक्रमका विशिष्ट अतिथी रहेका कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले पार्टीलाई थप सुदृढ गर्दै अघि बढ्नुपर्ने धारणा राखेका थिए। बानियाँले कांग्रेसभित्रको घात र अन्तरघातको राजनीतिलाई हटाउन विधान संशोधन गर्नु जरुरी रहेकोे बताएका थिए ।
सम्मेलनमा काग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्वसभापतिहरु माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, कांग्रेस मकवानपुरका उपसभापति आन्नद कठायत, सचिव इश्वर पाठक, सहसचिव इन्दिरा न्यौपाने,कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति दामोदर खनाल, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति लोक बहादुर मोक्तान, प्रदेशसभा १ क का सभापति सुसान्त श्रेष्ठ, प्रदेशसभा २ ख का सभापति रञ्जन कालाखेती, महासमिति सदस्य राजेश भेटवाल, युवा नेता यतीराज सापकोटा लगायतले सम्बोधन गरेका थिए । सम्मेलनमा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति लोक बहादुर मोक्तान राजनैतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















