file photo
३१ जेठ, हेटौंडा । ‘कोरा’ साइकलयात्रा एक महत्वपूर्ण पर्वको रुपमा विश्वभरिका साइकल यात्रीहरुले स्थानीय मठ मन्दिरहरुको परिक्रमा गरी मनाइने धार्मिक महोत्सव हो । बिगतका वर्ष झैं यो वर्ष पनि मकवानपुरमा यही असार ३० गते साइकलयात्रीहरुले कोरा साइकलयात्रा आयोजना गर्ने भएका छन् ।
कोरा साइकलयात्रामा कम्तिमा दुई सयजना साइकलयात्रीले सहभागिता जनाउने अनुमान आयोजक संस्थाले गरेको छ । हिमालयन राइडर्स सोसाइटी मकवानपुरले कोरा साइकलयात्रा आयोजना गर्न लागेको सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिएका छन् । हेटौंडा कोरा च्यालेन्ज २०२३ मा सहयात्रा गर्न इच्छुक साइकलयात्रीलाई सोसाइटीले आव्हान गरेको छ ।
यो वर्षको कोरा महोत्सवमा सहभागी हुँदै स्थानीय मठमन्दिरको दर्शन गरी पुण्य प्राप्त गर्न सोसाइटीले आग्रह गरेको हो । हेटौंडा नगरक्षेत्रमा रहेका धार्मिकस्थलको परिक्रमा गरी यो वर्षको कोरा साइकलयात्रा समापन गरिने आयोजक संस्थाले जनाएको छ ।
स्थानीय पर्यटनको विकास, स्वास्थ्य, पर्यावरण बचाउनका लागि साइकल चलाउने बानीको विकास गर्न कोरा साइकलयात्रामा सहभागी बन्नका लागि अनलाइन फारम भर्न र आफ्नो सिट सुनिश्चित गर्न सोसाइटीले आग्रह गरेको छ । यो वर्षको कोरा साइकलयात्रा करिब २१ किमिको हुने सोसाइटीका उपाध्यक्ष राजु थापामगरले जानकारी दिएका छन् ।
हुप्राचौरको पशुपतिनाथ मन्दिरबाट सुरु भई कुष्माण्ड सरोबर (त्रिबेणीधाम), जलेश्वर, मुक्तिनाथ, बिन्द्यबासिनी, बनस्खण्डी, दक्षिणकाली, रुद्रेश्वर, भुटनदेबी मन्दिर परिक्रमा गरी कोरा साइकलयात्रा समापन गरिने बताइएको छ ।
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















