Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

विजय यूथ गोल्डकपः ढल्के जोवन र पशुपति विजयी

fd-1687309189-1687482462.jpg

८ असार, हेटौंडा । हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा जारी दोस्रो संस्करणको विजय यूथ गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बिहबारको खेलमा ढल्के जोवन एफसी र पशुपति युवा क्लव विजयी भएका छन् । 
पहिलो खेलमा हटिया भेट्रान्स क्लवलाई १–० ले हराउँदै ढल्के जोवनले अन्तिम ८ मा स्थान बनाएको हो । ढल्के जोवनका लागि दोस्रो हाफको अन्तिमतिर मनोज लामाले गरेको गोल नै निर्णायक बन्यो । उनी नै खेलको म्यान अफ द म्याच भए । 
यस्तै दोस्रो खेलमा पशुपति युवा क्लवले हेटौंडा फुटबल एकेडेमी ‘बी’ लाई १–० ले हराएको हो । पशुपतिका लागि समिर चौलागाईंले निर्णायक गोल गरेका हुन् । उनी नै खेलको म्यान अफ द म्याच बने । 
जारी प्रतियोगितामा शुक्रबार चाइना पब्लिक यूथ क्लव र चौकीटोल यूथ क्लव तथा हेटौंडा फुटबल एकेडेमी ए र विजय यूथ क्लवको बीचमा खेल हुने आयोजकले जानकारी दिएको छ । १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एकलाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 
यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख बराबरको बीमा र नगद १० हजार तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी विभिन्न टिमबाट खेल्न ए डिभिजन लिग खेलिसकेका खेलाडीहरु समेत हेटौंडा आएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार