९ आसार, हेटौंडा । राक्सिराङ गाउँपालिकाको १४ गाउँसभाले आर्थिक वर्ष २०८०।८१ का लागि सार्वजनिक गरेको ५७ करोड ८८ लाख ९७ हजारको बजेट सर्वसम्मत पारित गरेको छ।आज बसेको सभाले राक्सिराङ गाउँपालिकाको गाउँ सभाद्वारा आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार बजेटले प्राथमिकतामा पारेका क्षेत्रमा भौतिक एवं सामाजिक पूर्वाधारको विकास गरि कैलाश बासिको जीवनयापनमा सहजिकरण गर्ने,कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकिकरण गर्ने, सीपयुक्त मानव विकासमा जोड दिने, जनसहभागिता र पारदर्शिता कायम गरि सुशासन प्रबद्र्धन गर्ने जस्ता कार्यक्रम तय गरिएका छन्। बजेट गाउँपालिका उपाध्यक्ष बनस्यम थिङले आजको सभामा प्रस्तुत गरेका थिए।
**यस्तो छ बजेटका केहि प्रमुख कार्यक्रमहरु**
*शिक्षा तर्फ १५ लाख ७२ लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।
* राक्सिराङ गाउँपालिकाका सबै नागरिकलाई स्वस्थ बनाइ सबल मानव पुँजी निर्माणका लागि संघीय एवं प्रदेश तहसँगको समन्वयमा निशुल्क आधारभुत स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउनका लागि सामाजिक विकासतर्फ २२ करोड ६७ लाख ७८ हजार रुपैंया बजेट विनियोजन गरिएको छ ।
*महिला, बालबालिका, अपांग, दलित, जनजाती जेष्ठ नागरिक वर्गहरुको क्षमता अभिवृद्धि, नेतृत्व विकास र शसक्तिकरणका लागि २८ लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।
* राक्सिराङले लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने उद्देश्यका साथ खेलकुद पूर्वाधारको विकास गर्न तथा खेल मैदान निर्माण गर्न ११ लाख र स्वास्थ्यका लागि ४ करोड ७० लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।
* स्वच्छ खानेपानी कार्यक्रम र मुहान संरक्षण जस्ता योजनाका लागि १ करोड ६० लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।
*प्रथा, परम्परा, संस्कृति सम्पदा, संग्रहालय आदिको विकास र विस्तारका लागि ११ लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।
* सडक पुल तथा झोलुङ्गे पुल निर्माणा लागी ४ करोड ९९ लाख विनियोजन गरेको छ ।
* बसाई सरी आउनेलाई घर उपहार कार्यक्रम अन्तर्गत पूर्वाधारको विकासका लागि ७ करोड ३० लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।
* संचार तथा सूचना कार्यक्रम तर्फ ३३ लाख ,त्यसैगरी विपद व्यवस्थापन का लागि ४० लाख विनियोजन गरेको छ ।
* कृषि क्षेत्रको लागि १ करोड ७२ लाख रुपैंया,उद्योग रोजगारी प्रवर्द्धन तथा ग़रीबी निवारण लागि २५ लाख रुपैंया, सहकारी तर्फ ५ लाख , संस्कृति तथा पर्यटन विकास तथा प्रबद्र्धनका लागि २७ लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।
संघीय सरकारबाट प्राप्त अनुदान ४२ करोड ५९ लाख रहेको जनाइएको छ ।
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...


















