Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

साफ च्याम्पियनसिपको उपाधि भारतलाई

Screenshot_20230705_07092-1688520281.jpg

२० असार, काठमाडौं । साफ च्याम्पियनसिपको उपाधि भारतले हात पारेको छ । मंगलबार बैंगलोरमा भएको फाइनलमा भारतले आमन्त्रित कुवेतलाई सडन डेथमा पराजित गर्दै उपाधि जितेको हो ।
भारतको जितमा गोलरक्षक गुरप्रित सिंह नायक सावित भए। उनले कुवेती दुई खेलाडीको पेनाल्टी सट रोक्दै भारतलाई साफ च्याम्पियन बनाए। टाइब्रेकरमा ५ मध्ये दुबै टिमले समान ४-४ गोल गरेका थिए। तर  सडन डेथमा भने भारतले बाजि मार्न सफल भयो। निर्णायक पेनाल्टीमा कुवेतका कप्तान अल इब्राहिम गोल गर्न चुकेका थिए। तर त्यसअघि टाइब्रेकरमा पहिलो सटमानै कुवेतका अब्दुल्लाहको सट गुरप्रितले जोगाएका थिए। तर भारतका उदान्त सिंहले गोल गर्न चुक्दा पुन कुवेत खेलमा फर्किएको थियो। तर सडन डेथमा कप्तानको प्रहारलाई जोगाएसँगै भारत च्याम्पियन बन्यो। भारतका लागि भने सडन डेथमा महेश सिंहले गोल गरेका थिए।
निर्धारित र अतिरिक्त समय १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टी सुटआउटमा भारतले ५-४ ले खेल आफ्नो पक्षमा पारेको थियो। यसअघि सेमिफाइनलमा पनि भारतले अर्को अरेबियन टोली लेबनानलाई पेनाल्टी सुटआउटमानै पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।
खेलमा अग्रता भने कुवेतले लिएको थियो। १४ औं मिनेटमा कुवेतका स्ट्राइकर शबेव अल खल्दीले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले लेफ्ट विंग्स अब्दुल्ला अमरको क्रसलाई गोलमा परिणत गरे। तर ३८ औ मिनेटमा लालिन जुवालाले भारतका लागि बराबरी गोल गर्दै भारतलाई खेलमा फर्काए। तर त्यसपछि निर्धारित र अतिरिक्त समय बराबरी सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । जसमा भारतले बाजि मार्न सफल रह्यो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

थप समाचार