File Photo
२८ मंसिर, हेटौँडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले पुस ७ गतेदेखि हेटौंडाको टिसिएन मैदानमा हुन लागेको खेलकुद तथा व्यापार महोत्सवमा स्टल राख्न चाहने स्थानीय उद्योगी व्यवसायीलाई विशेष प्राथमिकता दिइने बताएका छन् ।
‘हेटौंडा गोल्डकप फुटबल प्रतियोगितालाई निरन्तता दिनको लागि आर्थिक जोहो गर्न मेला गर्न लागेका हौँ । हाम्रो एउटै मात्र उद्देश्य यही हो, यसलाई केही साथीहरुले गलत प्रचार गरिरहेको र रोक्न खोजेको जानकारीमा आएको छ’, खड्गीले भने, ‘मकवानपुरका उद्योगी व्यवसायीलाई रुष्ट बनाएर हामीले गोल्डकपलाई निरन्तरता दिनुपर्ने र मेला महोत्सव गर्नुपर्ने आवश्यक छैन । महोत्सवमा मकवानपुरका उद्योगी व्यवसायीलाई विशेष प्राथमिकता र छुटको व्यवस्था गर्नेछौँ ।’
मकवानपुरका उद्योगी व्यवसायी एवम् आम सर्वसाधारणको सहयोगबाट मात्रै महोत्सव सम्पन्न हुने र गोल्डकपले निरन्तरता पाउने भन्दै उनले केही व्यक्तिको स्वार्थको पछि नलाग्न सबैलाई अनुरोध गरे । ‘कम्तिमा हेटौंडा गोल्डकप फुटबललाई निरन्तर गर्न सकियोस्, गोल्डकप मकवानपुरबासीको प्रतिष्ठाको बिषय बनोस् भन्ने हाम्रो उद्देश्य हो’, उनले भने, ‘यहाँका उद्योगी व्यवसायीले गोल्डकपलाई सहयोग गर्ने अवस्था नभएपछि हामी बाध्य भएर महोत्सव गर्ने निर्णयमा पुगेका हौँ ।’
महोत्सवको आवश्यक तयारी अघि बढिसेकेको छ भने महोत्सवस्थलमा सामग्रीहरु समेत झरिसकेको छ ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















