Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपाललाई एसीसी अण्डर १६ क्रिकेटको उपाधि

Cricket-1513503929.jpg

२ पुस, हेटौँडा । थाईल्याण्डमा सम्पन्न एसीसी अण्डर १६ ईष्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले हात पारेको छ । फाइनलमा आइतबार सम्पन्न खेलमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले हात पारेको हो ।

१ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ दशमलव ५ ओभरमा १ सय १२ रनमा प्याक भएपछि नेपाल ७१ रनले विजयी भएको हो । अजय कुमार लोनिया र सूर्य तामाङको कसिलो बलिङ सामू सिंगापुरका ब्याट्सम्यानहरु निरीह देखिएका थिए । ७ ओभर बलिङ गरेका सूर्यले १ मेडनसहित २० रन खर्चेर ३ विकेट लिए । त्यस्तै ५ ओभर बलिङ गरेका अजयले १६ रन खर्चेर ३ विकेट लिए । सिंगापुरका श्रीहर्ष वेणुगोपालले ३१ र आर्नभ वाध्वाले २१ रन जोडे । राउल शर्माले १५ र इशान सनीले १२ रन जोड्नबाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । 

टर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ८३ रन जोडेको थियो । पहिलो विकेट ३ रन जोड्दा गुमाएको नेपालको इनिङ्स क्याप्टेन विशालविक्रम केसी र सुनिल भण्डारीले पाँचौ विकेटका लागि गरेको ४२ रनको साझेदारीले उकास्यो । त्यस्तै छैटौं विकेटका लागि विशाल र नारायण जोशीले ४८ रन जोडेपछि नेपाल उच्च योगफलतर्फ लम्किएको थियो । विशालले आज ६३ रन जोडे । नारायण जोशी ४६ रनमा अविजित रहेको खेलमा सुवास ऐरले २२,  त्रितराज दासले १९ र सुनिल भण्डारीले १५ रन जोडे । प्रतिश जि।सी १० रनमा अविजित रहे ।

प्रतियोगितामा नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी तृतराज दास रहे । उनले ३२ दशमलव ४० को औसतमा ५ म्याचमा १ सय ६२ रन जोडे । उनी प्रतियोगिताका सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् । त्यस्तै क्याप्टेन विशालले १ सय ३६ रन जोडे । बलिङतर्फ नेपालका नारायण जोशीले सर्वाधिक १० र सूर्य तामाङले ९ विकेट लिए । 

स्रोत : इकान्तिपुर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार