३ पुस, काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटमा ललितपुर प्याट्रियोट्सले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा सोमबार भएको उद्घाटन खेलमा काठमाडौं किंग्स इलेभेनलाई ७ विकेटले हराउँदै ललितपुरले विजयी शुरुवात गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको काठमाडौं किंग्स इलेभेन १८ ओभर ३ बलमा ८९ रनमा अलआउट भयो ।
काठमाडौं किंग्स इलेभेनका लागि अमित श्रेष्ठले २७ र श्रीलंकन खेलाडी अक्षु फर्नान्डेजले १५ रन बनाउनबाहेक अन्यले गतिलो रन जोड्न सकेनन् । काठमाडौंलाई ८९ रनमा अलआउट गर्ने क्रमममा ललितपुरका लागि भारतीय बलर सुवाध भाटीले ४ तथा ललित राजबंशीले ३ र मेहवुव आलमले २ विकेट लिए । ललितपुरको जितमा भारतीय खेलाडी जयकिशन कोल्सावालले ४४ रन बनाए । प्रतियोगितामा मंगलबार चितवन टाइगर्स र पोखरा राइनोज तथा विराटानगर वारियर्स र ललितपुर प्याट्रियोट्सबीच खेल हुनेछ । राउण्ड रोविन लिगको आधारमा भएको ६ टिम सहभागी प्रतियोगिताको उपाधी विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















