Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राक्सिराङ गाउँपालिका

राक्सिराङमा सार्वजनिक स्थानमा मदिरा र सूर्तिजन्य पदार्थ बिक्रीमा रोक

IMG_20180326_135249_HDR-1692243592.jpg

३२ साउन,हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले सार्वजनिक संघ संस्था तथा कार्यालयको सय मिटर वरपर मदिरा तथा सूर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने भएको छ । बुधबार बसेको कार्यपालिकाको बैठकले शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत सार्वजनिक संस्थाका कार्यालयको सय मिटर क्षेत्र वरपर गुट्खालगायत सूर्तिजन्इ पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको पालिका राजकुमार मल्लले बताएका छन् ।
बैठकले १८ वर्षमुनिका बालबालिकाहरुलाई मदिरा तथा सूर्तिजन्य पदार्थ बिक्री नगर्न स्थानीय व्यवसायीलाई सचेत गराउदै गाउँपालिकाले आफ्नो क्षेत्रभित्रको सार्वजनिक कार्यक्रममा खादा र ब्याच वितरणमा पनि रोक लगाउने निर्णय गरेको छ ।  स्थानीय सामाग्रीबाट उत्पादन भएका मौलिक खादा र मालाको मात्रै प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यले बाहिरबाट ल्याइको खादाको प्रयोगमा रोक लगाइएको अध्यक्ष मल्लले जनाएका छन् । गाउँ कार्यपालिकाको बैठकले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गराउन वार्षिक कार्ययोजनासमेत स्वीकृत गरेको छ । स्वीकृत कार्ययोजनाअनुसार राक्सिराङले चालु आर्थिक वर्षका योजना कार्यान्वयन गराउन आगामी मंसिर मसान्तसम्ममा सबै योजनाहरुको सम्झौता गरिसक्नेछ । ८ लाखसम्मको योजना वडा कार्यालयबाटै सम्झौता र कार्यान्वयन गर्नेगरी कार्ययोजना बनाइएको र आगामी चैत मसान्तभित्र गाउँपालिकाको सबै योजनाहरु सम्पन्न गरिसकिने गाउँपालिकाका अध्यक्ष मल्लले बताए ।
गाउँपालिकाले पत्रु खानेकुरालाईसमेत निरुत्साहित गर्ने भएको छ । चिसो पेय पदार्थ, चाउचाउलगायतका तयारी पत्रु खानाले स्वास्थ्यमा र आर्थिक रुपमा नोक्सान भएको भन्दै त्यस्तो खानेकुरा प्रयोगमा निरुत्साहित गर्दै जाने नीति लिएको हो । गाउँ कार्यपालिकाको बैठकले नगर प्रहरी नियुक्तिसम्बन्धी कार्यविधि पनि स्वीकृत गरेको छ । गाउँमा अब असईको नेतृत्वमा २ जना महिलासहित ७ जना प्रहरी नियुक्त हुनेछन् । ४० वर्ष नटेका पूर्व सेना र प्रहरीलाई नगर प्रहरीमा भर्ति गरिने गाउँपालिकाले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मुगु केन्द्रबिन्दु भएर दुई पटक भूकम्प
Earthwuake-Wave-New-768x3-1789521529.jpg

३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789521345.jpg

३१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

थप समाचार