Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

राक्सिराङ गाउँपालिका

राक्सिराङमा सार्वजनिक स्थानमा मदिरा र सूर्तिजन्य पदार्थ बिक्रीमा रोक

IMG_20180326_135249_HDR-1692243592.jpg

३२ साउन,हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले सार्वजनिक संघ संस्था तथा कार्यालयको सय मिटर वरपर मदिरा तथा सूर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने भएको छ । बुधबार बसेको कार्यपालिकाको बैठकले शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत सार्वजनिक संस्थाका कार्यालयको सय मिटर क्षेत्र वरपर गुट्खालगायत सूर्तिजन्इ पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको पालिका राजकुमार मल्लले बताएका छन् ।
बैठकले १८ वर्षमुनिका बालबालिकाहरुलाई मदिरा तथा सूर्तिजन्य पदार्थ बिक्री नगर्न स्थानीय व्यवसायीलाई सचेत गराउदै गाउँपालिकाले आफ्नो क्षेत्रभित्रको सार्वजनिक कार्यक्रममा खादा र ब्याच वितरणमा पनि रोक लगाउने निर्णय गरेको छ ।  स्थानीय सामाग्रीबाट उत्पादन भएका मौलिक खादा र मालाको मात्रै प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यले बाहिरबाट ल्याइको खादाको प्रयोगमा रोक लगाइएको अध्यक्ष मल्लले जनाएका छन् । गाउँ कार्यपालिकाको बैठकले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गराउन वार्षिक कार्ययोजनासमेत स्वीकृत गरेको छ । स्वीकृत कार्ययोजनाअनुसार राक्सिराङले चालु आर्थिक वर्षका योजना कार्यान्वयन गराउन आगामी मंसिर मसान्तसम्ममा सबै योजनाहरुको सम्झौता गरिसक्नेछ । ८ लाखसम्मको योजना वडा कार्यालयबाटै सम्झौता र कार्यान्वयन गर्नेगरी कार्ययोजना बनाइएको र आगामी चैत मसान्तभित्र गाउँपालिकाको सबै योजनाहरु सम्पन्न गरिसकिने गाउँपालिकाका अध्यक्ष मल्लले बताए ।
गाउँपालिकाले पत्रु खानेकुरालाईसमेत निरुत्साहित गर्ने भएको छ । चिसो पेय पदार्थ, चाउचाउलगायतका तयारी पत्रु खानाले स्वास्थ्यमा र आर्थिक रुपमा नोक्सान भएको भन्दै त्यस्तो खानेकुरा प्रयोगमा निरुत्साहित गर्दै जाने नीति लिएको हो । गाउँ कार्यपालिकाको बैठकले नगर प्रहरी नियुक्तिसम्बन्धी कार्यविधि पनि स्वीकृत गरेको छ । गाउँमा अब असईको नेतृत्वमा २ जना महिलासहित ७ जना प्रहरी नियुक्त हुनेछन् । ४० वर्ष नटेका पूर्व सेना र प्रहरीलाई नगर प्रहरीमा भर्ति गरिने गाउँपालिकाले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Screenshot_20230718_19014-1689686225.jpg
Hetauda-Campus-1691121351.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
खाना पकाउने ग्यासमा २१५ सहित पेट्रोलियम पदार्थको भाउ बढ्यो
IMG_1116-1696087917.png

१३ असोज,हेटौंडा । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले शनिवार राति बाँट...

२ किलो सात सय ग्राम सुनसहित एक युवती पक्राउ
Screenshot_20230408_07294-1696085747.jpg

१३ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमाननस्थलबाट २ किलो सात सय ग्राम सुनसहित एक विदेशी युवती पक्राउ...

मकवानपुर प्रहरीद्वारा बरामद लागुऔषध जलाएर नष्ट
385398075_846457987151442-1696064862.jpg

१२ असोज, हेटौडा । मकवानपुर प्रहरीले अदालतबाट अनुमति प्राप्त गरि २०८० भदौँ २७ गतेदेखि असोज १० गते बरामद गरेको लागु...

त्रिभुवन विमानस्थलबाट दुई किलो ७०० ग्राम सुनसहित एकजना पक्राउ
Screenshot_20230930_14362-1696063905.jpg

१३ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ७०० ग्राम सुनसहित एकजना पक्राउ परेका छन्...

चीनको भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता 
pm-dahal-fitrta-1696063458.jpg

१३ असोज, हेटौडा । एक साता लामो चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश...

दुई देशबीच भएका समझदारीहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता: दाहाल
Screenshot_20230901_13044-1696062874.jpg

१३ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ७८ औँ महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल...

एमाले बागमती प्रदेशको अध्यक्षमा ढुंगेल विजयी
Capture-1696039842.JPG

१३ असोज, हेटौंडा । नेकपा एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा...

बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain-1024x5381677408810-1696039769.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै बंगालको खाडीको उत्तर...

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किदै 
Capture-1696039266.JPG

१३ असोज, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज (शनिबार)...

थप समाचार
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg