Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

बागमती प्रदेशमा सार्वजनिक सवारीको भाडा बृद्धि

bus-bhada-1692925739.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले काठमाडौं उपात्यका सहित प्रदेशका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी सधानको भाडा बृद्धि गरेको छ । 
प्रदेश सरकारले बिहीबार प्रदेश राजपत्रमा सूचना जारी गर्दै प्रदेशभित्रका सार्वजनिक सवारी साधनको भाडा समायोजन गरिएको जानकारी दिएको छ । 
प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार बृद्धि भएको भाडा बिहीवारदेखि नै लागू भएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाभित्र चल्ने यात्रुवाहक सवारी साधनको भाडा दर ८.३ प्रतिशतले वृद्धि गरिएको छ भने उपत्यका बाहेकका स्थानमा चल्ने सवारी साधनको भाडा दर ५.३१ प्रतिशतले वृद्धि गरिएको छ । 
जस अनुसार अब काठमाण्डौ उपत्यकामा पाँच किलोमिटरसम्मको न्यूनतम भाडादर एक रुपैयाँले बढेर १९ रुपैयाँ कायम भएको छ । यस्तै १० किलोमिटरसम्मका लागि २६ रुपैयाँ, १५ किलोमिटरसम्मका लागि ३१ रुपैयाँ, २० किलोमिटरसम्मका लागि ३५ रुपैयाँ र २० किलोमिटरभन्दा माथिका लागि ४० रुपैयाँ भाडा कायम भएको छ ।
काठमाण्डौ उपत्यकाबाहिर प्रदेशका विभिन्न स्थानमा चल्ने मध्यम दूरीका यात्रुवाहक गाडीको साविक भाडामा ५.३१ प्रतिशतले बढेको छ । यस्तै पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीको भाडा दर ३.४४ प्रतिशत र मालबाहक सवारी साधनको भाडादर प्रतिकिमि प्रति टन ७.७७ प्रतिशतले वृद्धि भएको छ । 
पेट्रोलियम पदार्थको मूल्यमा घटबढ भएसँगै प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सोहि अनुसार सार्वजनिक सवारी साधन र मालबाहक सवारी साधनको भाडा दर समायोजन गर्दै आएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार