फाइल तस्बिर
१८ भदौ, काठमाडौं । आईसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । यसअघि नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेको थियो ।
समूह ए बाट नेपालले एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । जितको लागि ७५ रनको सामान्य विजयी लक्ष्य पछाएको नेपालले १० दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिइन । उनले २८ बलमा ४ चौकासहित ३२ रन जोडेकी हुन् । त्यस्तै इन्दु बर्मा १२ बलमा ३ चौकासहित २० रनमा अविजित रहिन् । सीता रानामगर २३ बलमा १७ रनमा अविजित रहिन ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनको योगफल बनाएको थियो । कतारकी साची धडवालले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रनको योगदान दिइन् । त्यस्तै एलिना खानले १५, एन्जिली मारेले अविजित १४ तथा कप्तान आयशाले १० रन बनाइन् ।
नेपालका लागि इन्दु बर्माले तीन विकेट लिइन् भने पूजा महतो र कविता जोशीले समान एक विकेट लिए । नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।
१२ असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिष्पर्धा...
१२ असोज, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनीबीच...
१२ असोज, काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज चीनको छेन्दु जाँदै छन् ।...
१२ असोज, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका-५, खयरबनी चोकबाट प्रहरीले कटुवा पेस्तोलसहित एक भारतीय युवकलाई...
१२ असोज, हेटौंडा । मकवानपुरमा विभिन्न प्रकृतिका घटना, मुद्दा र त्यसमा संलग्नहरु पक्राउ पर्नेको संख्या बढ्दो...
१२ असोज, हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिले १० जना खेलाडीहरुको ५ लाख रुपैयाँका दरले सामुहिक दुर्घटना...
१२ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। हाल देशको पहाडी भू-भागमा आंशिक...
११ असोज, हेटौँडा । सव डिभिजन वन कार्यालय, हेटौडाको आयोजनामा विहिवार हेटौडामा समन्वय बैठक बसेको छ । सव डिभिजन वन...
११ असोज,हेटौँडा । हेटौंडा–१८ बड्कुलेका बासिन्दाले निःशुल्क खानेपानी पाउँने भएका छन् । २०५८ सालबाट सञ्चालन...
४ असोज,हेटौँडा । हेटौंडामा श्रीमानको कुटाईबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । बुधबार राति हेटौंडा–१४ नयाँ...
१ असोज, हेटौंडा । पुर्व-पश्चिम लोकमार्ग अन्तर्गत पथलैया-निजगढ सडकखण्डको जितपुरसिमरा-१६ बाह्रकिलोमा पिकअप भ्यान...
२९ भदौ,हेटौँडा । मकवानपुरका सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरुको हकहित विपरित भएको भन्दै हेटौँडामा शिक्षा...
३१ भदौ,हेटौँडा । मकवानपुरको मनहरी र मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएको छ । आइतबार...
३० भदौ,हेटौँडा । भदौ २७ गते हेटौँडास्थित सन्चो अस्पतालका डाक्टर विकास थापा तथा प्रशान्त विडारी माथि भएको...
११ असोज, हेटौंडा । हेटौंडा-६ चौघडाको दुई सहकारी संस्थामा गएराति चोरी भएको छ । चौघडामा रहेको जनकल्याण बचत तथा ऋण...
१ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट विदेशी मुद्रासहित एक भारतीय पक्राउ परेका छन् । पक्राउ...
८असोज,हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्र्तगत चितवनको खुरखुरेमा दुइवटा यात्रुवाहक बस ठोक्किदा ३१ यात्रु...
१ असोज ,हेटौँडा । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा यहि असोज १३ गते हेटौँडामा हुने...