७ पुस, हेटौँडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान र औधोगीक शान्ति नेपाल संस्थाको आयोजनामा शुक्रबारबाट हेटौडाको भुटनदेबी पार्कमा राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव शुरु भएको छ ।
मकवानपुरका प्रमुख जिला अधिकारी चक्रबहादुर बुढाले कार्यक्रमको शुभारम्भ गर्दै अब देशमा राजनैतिक संक्रमणकाल सकिएको भन्दै अब आर्थिक समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिए । उनले आर्थिक समृद्धिका लागि सबै पक्षको भुमिका उत्तिकै रहेको भन्दै महोत्सवको माध्यमबाट खेलकुद गर्न लागेकोमा आयोजकको प्रशंसा गरे । उनले महोत्सवमा हुन सक्ने त्रुटिलाई गम्भिर ढंगले ध्यान दिने बताउँदै सचेत रहन महोत्सव आयोजक र व्यवसायीलाई आग्रह गरे । उनले स्थानीय तहसंगको समन्वयमा काम गर्ने गरी स्विकृति लिएकाले प्र्रशासनले सहयोग गरेको बताउँदै महोत्सवको पारदर्शितामा ध्यान दिन सचेत गराए ।
कार्यक्रममा १० नम्बर वडा अध्यक्ष कितावसिं लामा, प्रतिष्ठानका सल्लाहकार भीमसेन महत, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव राजन दाहाल खुसराज दाहाल, प्रतिष्ठानका द्वितीय उपाध्यक्ष विशाल घोष, महासचिव सविन न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए । शुभारम्भ कार्यक्रम प्रतिष्ठानका अध्यक्ष भेष खड्गीको अध्यक्षतामा भएको थियो ।
पुस १८ गतेसम्म संचालन महोत्सवमा खाना, खेलकुद सामाग्री, कपडा, दैनिक उपभोक्ता सामग्री, सूचना प्रविधि, इलेक्ट्रिकल एवं इलेक्ट्रनिक्स, खेलौडा लगायतका ३ सय १४ वटा स्टल रहने छ । स्थानीय कलाकारलाई प्राथमिकता दिंदै राष्ट्रिय स्तरका कलाकारहरु कोमल ओली, प्रमोद खरेल, शिवपरियार, हेमन्त शर्मा, ज्योति मगर, राधिका हमाल, द एक्स व्याण्ड, भद्रगोल हास्य टेलिश्रृंखलाको टिमसहितका कलाकार आउने औधोगीक शान्ति नेपाल सस्ंथाका अध्यक्ष सन्दिप महत्तले जानकारी दिए ।
मेला अवधिमा फेसन सो र एकल गायन प्रतियोगिताका साथै अञ्चलस्तरीय कराँते प्रतियोगिता, उसुको प्रर्दशन, कव्वडी र बक्सिङ प्रतियोगिता हुने आयोजकको भनाई छ ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















