९ पुष, हेटौँडा । नेपालगञ्जमा यही पुस १२ गतेदेखि तीन दिनसम्म सञ्चालन हुने राष्ट्रिय जुनियर च्याम्पियनशीपका लागी मकवानपुरका तीन जना खेलाडी छनौट भएका छन् । मकवानपुर जिल्ला एथलेटिक्स संघको संयोजनमा शनिबार सम्पन्न छनौटबाट मकवानपुरका तीन जना खेलाडी छनौट भएका हुन् ।
नेपाल एथलेटिक्स संघको आयोजनामा हुने राष्ट्रिय जुनियर एथलेटिक्स च्याम्पियनशिपको लागि हेटौँडामा सम्पन्न मध्यमाञ्चलस्तरीय छनौटबाट हेटाँैडाका तीनसहित १६ जना खेलाडी छनोट भएका छन् ।
मकवानपुरबाट सर्टपुटमा सुमन नेपाली, चारसय मिटर दौडमा छिरिङ्ग लामा र ज्याब्लिङ्ग थ्रोमा सन्तराम माझी राष्ट्रिय जुनियर एथलेटिक्स च्याम्पियनशिपका लागि छनोट भएको संघका मकवानपुर अध्यक्ष एवं केन्द्रीय कोषाध्यक्ष प्रभाकर पाण्डेले जानकारी दिए । यसैगरी मकवापुर सहित चितवनबाट ४, काठमाडौँ, ललितपुर, पर्सा, र सर्लाहिका २÷२ जना खेलाडी छनौट भएका छन् । यस्तै महोत्तरीबाट १ जना बैकल्पिक खेलाडीको रुपमा पनि छनौँट भएका छन् ।
एकसयदेखि पाँचहजार मिटरसम्मको दौड, लङ्गजम्प, त्रिपल जम्प, ज्याब्लिङ्ग थ्रो, सर्टफुटलगायतका विधामा महिला र पुरुष आठ—आठजना खेलाडी छनोट गरिएको छ ।
संघका मकवानपुर अध्यक्ष एवं केन्द्रीय कोषाध्यक्ष प्रभाकर पाण्डेको अध्यक्षतामा भएको छनौट प्रतियोगिताको मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमिल्सिनाले उद्घाटन गरेका थिए ।
छनौट प्रतियोगितामा काठमाडौ, ललितपुर, मकवानपुर, चितवन लगायत जिल्लाका ५० खेलाडीको सहभागिता रहेको थियो ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















