७, असोज, हेटौडा । मकवानपुरगढी–३, मक्रान्चुलीमा रहेको श्रमिक साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः निर्मला कुमारी लम्साल सर्वसम्मत चयन भएकी छन् ।
आईतवार सम्पन्न भएको संस्थाको ११ औं वार्षिक साधारणसभाको बन्दसत्रले लम्सालको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रिता योञ्जन र सदस्यहरुमा सुजाता आले, आईतीमाया वाईवा, सुकुन्तला गिरी, सरिता नेगी, भुवन कुमारी तिमल्सिना,कुमारी गोङवा र संगिता कुमारी लुङवा रहेका छन ।
यसैगरि लेखा सुपरीवेक्षण समितिको संयोजकमा राधिका सापकोटा, सदस्यहरुमा रेणुका पूर्वछाने मगर र विमला सापकोटा रहेका छन । साधारणसभामा संस्थाकी अध्यक्ष निर्मला कुमारी लम्सालले संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक राधिका सापकोटाले लेखा समितिको प्रतिवेदन र प्रवन्धक गिता लम्सालले आव. ०७९÷०८० को लेखा परिक्षण प्रतिवेदन र चालु आव. ०८०÷०८१ को लागि २२ करोड ६७ लाखको अनुमानित आयब्यय विवरण पेश गरेका थिए ।
साधारणसभामा संस्थाद्वारा सञ्चालित गाई ब्लक सुधार कार्यक्रममा सहयोग गरेकाले मकवानपुगढीका निवर्तमान अध्यक्ष बिदुर हुमागाई र ३ नं. वडा अध्यक्ष भागवत घिमिरेलाई दोसल्ला ओढाएर सम्मनित गरिएको थियो । मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानको प्रमुख आतिथ्यता एवम सहकारीकी अध्यक्ष लम्सालको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा मकवानपुरगढी–२ का अध्यक्ष बखान सिह पाख्रिन, ३ का वडा अध्यक्ष भागवत घिमिरे, ४ का वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, मकवानपुरगढी गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, पशु शाखा प्रमुख सत्यनारायण शाह, सहकारी शाखा प्रमुख सूर्य बहादुर गुरुङ, मनकामना दुग्ध उत्पादक सहकारीका अध्यक्ष अर्जुनप्रसाद दाहाल, ब्यवस्थापक शशि लम्साल, सिर्जनशिल समाज सहकारीका अध्यक्ष कृष्ण विडारी, हिमाल महिला बहुउद्धेश्यीय सहकारीकी अध्यक्ष जानुका दाहाल, स्वरोजगार साना कृषि सहकारीकी अध्यक्ष धनकुमारी खड्का, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, चुच्चेखोला सामुदायिक वनका उपाध्यक्ष उमेश अधिकारी, सञ्चारकर्मी भीमसेन पौडेल, एमपी शर्मा पौडेल, श्रीराम दाहाल लगायतको आतिथ्यता रहेको थियो ।
दुई सय ९० वटा समूह, एक हजार ५ सय ६० शेयर सदस्य रहेको यो सहकारीको शेयर पूँजी एक करोड ४६ लाख, निक्षेप सात करोड ३८ लाख र कर्जा लगानी नौ करोड ६६ लाख रहेको छ ।
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)














