१० असोज, काठमाडौं । १९ औं एसियाली खेलकुदअन्तर्गत नेपालले बुधबार पुरुष क्रिकेटको पहिलो खेलमा मंगाेलियाविरुद्ध टी-२० क्रिकेट इतिहासकै फराकिलो जित निकालेको छ।
नेपालले दिएको ३ सय १४ रनको लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमा समेटिएपछि नेपालले २ सय ७३ रनको जित निकाल्यो, जुन टी-२० क्रिकेटमा सर्वाधिक फराकिलो रन अन्तरको जित हो।
यसअघि टी-२० क्रिकेटको इतिहासमा सर्वाधिक फराकिलो जित चेक रिपब्लिकको नाममा रहेको थियो। चेक रिपब्लिकले २०१९ मा टर्कीविरुद्ध २ सय ५७ रनको जित निकालेको थियो।
मंगोलियालाई सस्तैमा समेट्ने क्रममा नेपाली लेग स्पिनर सन्दीप लामिछाने, करण केसी, अभिनास बोहराले समान २-२ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कुशल भुर्तेलले समान १-१ विकेट लिए।
मंगोलियाका लागि दावासुरेन जमयनसुरेनले १० रन बनाउनु सर्वाधिक रह्यो। अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन्। १३.१ ओभरमा ४१ रनमा मंगोलिया अलआउट भएको थियो।
त्यसअघि नेपाले विश्व कीर्तिमानी स्कोर बनाएको थियो। नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रनको उच्च स्कोर बनायो। जुन टी-२० क्रिकेटकै सर्वाधिक उच्च स्कोर हो। यसअघि अफगानिस्तानले आयरल्यान्ड विरुद्ध २०१९ र चेक रिपब्लिकले टर्कीविरुद्ध समान २ सय ७८ रन बनाएका थिए।
कुशल मल्लले ३४ बलमै शतक प्रहार गरेको खेलमा दीपेन्द्रले १० बलमै अर्धशतक प्रहार गरे। कुशल ५० बलमा ८ चौका र १२ छक्का प्रहार गर्दै १ सय ३७ रनमा अविजित रहँदा उनलाई ऐरीले १० बलमा ८ छक्काको सहयोगमा ५२ रन बनाएर साथ दिए। दीपेन्द्र टी-२० इतिहासमा नै सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बने। उनले ९ बलमा नै ५० रन पूरा गरे।
चीनको हाङझाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि मल्लले विष्फोटक इनिङ खेले। उनले ३४ बलमा नै शतक प्रहार गर्दै सर्वाधिक चाँडो टी-२० मा शतक प्रहार गर्ने खेलाडी बने।
यसअघि सर्वाधिक छिटो शतक ३५ बलमा रहेको थियो। भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए । त्यस्तै, कप्तान रोहित पौडेलले ६१ रन बनाउँदा कुशल भुर्तेलले १९ तथा आसिफ शेखले १६ रन बनाए । दिपेन्द्र सिंह ऐरीले १० बलमा नै ५२ रनको अविजित इनिङ खेलेका थिए ।
३० बैशाख, हेटौंडा । हेटौंडा हुदै काठमाडौ जाने वैकल्पिक मार्गको रुपमा रहेको कुलेखानी–कलंकी–हुमाने सडक...
३० बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका आधारभूत तथा माध्यामिक तहका आइटि स्रोत शिक्षकहरुलाई सूचना...
३० बैशाख, हेटौंडा । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि शुरु हुने...
३० बैशाख, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...
३० बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...
२९ बैशाख, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा २ दिने तालिम...
२९ बैशाख, हेटौंडा । आज २५६९औँ बुद्ध जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल...
२९ बैशाख, हेटौंडा । संघीय संसदको दुबै सदनबाट आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । दुबै...
२९ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको...
२७ बैशाख,हेटौंडा । हेटौंडा ८ मा सुमोको ठक्कर दिदाँ एक जना पैदलयात्री गम्भीर घाइते भएका छन्। शनिबार बिहान...
२५ बैशाख,हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली नक्कली नोट सहित एक जना पक्राउ परेका छन्।मकवानपुर...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ को सिमाना फाट्मा शुक्रबारबाट जमीन भासिएर...
२५ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडा ८ कमानेमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन भने ठक्कर दिएर...
२२ बैशाख, हेटौंडा । हेटौंडामा ३० दिने एडभान्स बुटिक तालिमको उद्घाटन गरिएको छ। हेटौँडा गार्मेन्ट उद्यमी समूह,...
२१ बैशाख, हेटौंडा। नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।नेपाल प्रहरी प्रधान...
२७ बैशाख, हेटौंडा। सामूदायिक वन उपभोक्ता महासंघ नेपाल(फेकोफन) मकवानपुरको प्रथम जिल्ला परिषद् सम्पन्न भएको...
१९ बैशाख, हेटौंडा । हेटौंडा १६ कर्रा खोला पारी फाट्मा खाडलमा डिआइ गाडी जमीन भासिएर धसेको छ। शुक्रबार दिउँसो...
२५ बैशाख, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरण गरिएको हो।...