Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

उद्योग संघ मकवानपुरको १६ औ साधरण सभा सुरु

पत्रकार , महिला सहित एक उद्योगलाई सम्मान 

26104885_1920656824628812-1514192208.jpg

१० पुस, हेटौँडा । उद्योग संघ मकवानपुरको १६ औ साधरण सभा हेटौडामा सुरु भएको छ ।  नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले संयुक्त रुपमा पानसमा बत्तिबालेर साधरण सभा उद्घाटन गरेका थिए । 

प्रमुख अतिथी रहेका शर्माले कार्यक्रममा बोल्दै नेपालमा रहेका उद्योगहरुको उचित व्यवस्थापन नभए र उद्योगहरुका लागि सरकारको स्पष्ट निती नआए उद्योगहरु धरासायी हुने बताएका छन  ।  उद्योग संघ मकवानपुर अध्यक्ष नवराज अर्यालले स्वागत मन्तव्य व्यक्त गर्दै संघको प्रतिवेदन प्रस्तुत गरेका थिए । अर्यालले संघले यस बर्ष भित्र आफनो भबनमा सचिबालय संचालनमा ल्याउने  बताए ।  उनले संघको पहलमा यो बर्ष ५ मेगावाट बिजुली थप भएको र थप बिद्युत्तले बर्षै देखी निर्माण सम्पन्न भई भएर बसेका  उद्योगको संचालनमा सहयोग पुग्ने बताएका छन  । उनले हेटौँडा ८ र ९ नम्बर वडाका स्थानियलाई सहजताको लागि एम्बुलेन्स सेवा संचालनमा ल्याएको बताउदै उद्योग संघ मकवानपुरलाई यहा सम्म पुयाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।  

 उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधी सभा सदस्यहरु कृष्ण दाहाल, विरोध खतिवडा , प्रदेश सभा सदस्यहरु प्रेम बहादुर पुलामी, डोरमणी पौडेल, कुमारी मुक्तान , जिल्ला समन्वय समितीका अध्यक्ष रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा, नेपाल उद्योग परिसंघका उपाध्यक्ष सतिस मोर ,द्धीतिय उपाध्यक्ष कृष्ण अधिकारी  जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपि दिलिप राज झा , नारायणी यातायात व्यवसायि संघका अध्यक्ष  बद्री चौलागाई ,होटल एसोसिएसन मकवानपुरका अध्यक्ष भगीरथ शर्मा लगायत राजनैतिक दलका प्रतिनिधी ,उद्योगी व्यवसायीहरुको उपस्थित रहेको थियो । 
   उद्योग संघद्धारा पत्रकार , महिला  सहित एक उद्योगलाई सम्मान 
    उद्योग संघ मकवानपुरले उद्योग संघ मकवानपुरको १६ औ साधरण सभा मार्फत पत्रकार , महिला  सहित एक उद्योगलाई सम्मान  गरेको छ । जिल्लाको  पत्रकारीताको माध्यमबाट योग्दान पुयाए बापत नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाईलाई उद्योग संघको उत्कृष्ट पत्रकारीता पुरस्कारबाट सम्मान गरीएको छ ।
त्यसैगरी उद्योग संघले समाजिक दायत्वमा अनुकरणीय कार्य गरेको भन्दै राक्सिराङ्ग ९ कि मासिका अकमाया थिङ्गलाई  नारायण प्रसाद बाल्मिका भण्डारी उत्कृष्ट महिला पुरस्कारबाट  सम्मान गरेको छ ।त्यसैगरी यस बर्ष देखि प्रदान गरिएको उद्योग संघ उत्कृष्ट उद्योगबाट नेपाल ह्यिुम पाईप उद्योगलाई सम्मान गरिएको छ  ।

सम्माानित सवैलाई जनही नगद १० हजार सहीत दोसल्ला तथा सम्मान पत्रले  सम्मानित गरिएको थियो  । साधरण सभा संगै आज संघले नया कार्यसमिति समेत चयन गर्ने बताईएको छ ।
     

26060914_1920656691295492-1514192210.jpg

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाई उद्योग संघको उत्कृष्ट पत्रकारीता पुरस्कारबाट पुरस्कृत हुदै


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार