Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

बंशगोपाल दुग्ध सहकारीको वार्षिकोत्सव

ddd-1696380628.jpg

१७ असोज, हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाको ३३ औं वार्षिकोत्सव मंगलवार सम्पन्न भएको छ । 
कार्यक्रममा सहभागी भएका दुग्ध उत्पादक किसानहरुले दूधको उचित मूल्य नपाएको गुनासो भन्दै गरेका छन । केहि समय बढेको मूल्य पनि फेरि घटाएर सरकारले किसानहरुको हित विपरित काम गरेको उनीहरुको गुनासो छ । 
दैनिक जसो दाना, चोकर, ढुटो, परालको मूल्य वृद्धि हने तर दूधको मूल्य वर्ष दिनमा बढ्दा पनि घटने गरेकाले पेशा बाट विस्थापित हुने दिन आएको पशुपालक किसान केदार अधिकारीले गुनासो गरे । 
कार्यक्रममा बागमती प्रदेश दुग्ध विकास बोर्डका सञ्चालक बासुदेव अधिकारीले बोर्डले किसानको हितमा काम गर्दै आएको बताए । पछिल्लो समय ब्यवसायी पनि मारमा परेको र उत्पादन भएका दूधजन्य पदार्थको विक्री नहुदा समस्या परेको बताए । 
सहकारीका संस्थापक अध्यक्ष हरिप्रसाद सिग्देलको प्रमुख आतिथ्यता सहकारीका अध्यक्ष श्याम प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष केशव प्रसाद सञ्जेल, उपाध्यक्ष केशव धिताल, सञ्चालक समितिका पदाधिकारी, दुग्ध उत्पादक किसान, सञ्चारकर्मी, कर्मचारी लगायकतको सहभागिता थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार