१९ असोज,हेटौँडा । मकवानपुरगढी मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ खैरेनीमा रहेको जनहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा शुक्रबार भएको छ । संस्थाका अध्यक्ष श्रीराम अर्जुनको सभाध्यक्षता तथा गाउँकार्यपालिका सदस्य नन्दकुमारी विश्वकर्माको प्रमुख आतिथ्यतामा १८ औं वार्षिक साधारणसभा भएको हो । संस्थाका अध्यक्ष श्रीराम अर्जुनले सभामा संस्थाका २ करोड १४ लाख ३३६ रुपैयाँको आर्थिक कारोबार गरेको प्रतिवेदन प्रस्तुत गरिएका थिए । संस्थाका सचिव राजन घिमिरेले संस्थाको आगामी नीति तथा अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
४६८ शेयर सदस्य रहेको संस्थामा १६ लाख ४६ हजार ७ सय शेयरपुजीँ रहेको छ । संस्थामा १ करोड ५५ लाख ८० हजार १४८ बचत निक्षेप रहेको र सदस्यलाई १ करोड ९४ लाख ५३ हजार ६७८ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक दीर्घ बहादुर थापाले बताए । संस्थामा तेह्र लाख ५३ हजार ५४२ रुपैयाँ जडेगा कोष रहेको छ ।
सभाको अवसरमा संस्थाले विभिन्न विधामा सदस्यलाई पुरस्कृत गरेको छ । संस्थाले असल ऋणीतर्फ पार्वती आचार्य र अक्कल बहादुर स्याङ्तान, असल बचतकर्ता तर्फ शान्ति सिन्तान र मोहन बहादुर केसीलाई पुरस्कृत गरिएको थियो । त्यस्तै, जेष्ठ शेयर सदस्यतर्फ सानुमाया लो र झम्कनाथ घिमिरे, एकल महिला तर्फ इन्द्र कुमारी पुडासैनीलाई नगद एक हजार सहित पुरस्कृत गरिएको थियो ।
त्यस्तै सहकारीले आयआर्जन समूहलाई पनि पुरस्कृत गरेको थियो । इन्द्रकमल आयआर्जन समूह प्रथम, जनज्योति आयआर्जन समूह द्धितीय, हिमचुली आयआर्जन समूह तृतीय र गोदावरी आयआर्जन समूह सान्त्वना भएको थियो । उक्त समूहलाई क्रमशः दुई हजार, एक हजार पाँच सय, एक हजार र पाँच सय नगद सहित पुरस्कृत गरिएको थियो । सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समिति संयोजक सुलोचना स्याङ्तान, नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाका अमन विडारीको विशेष आतिथ्यता रहेको थियो । सभामा पुर्व वडा अध्यक्ष जीत बहादुर घिमिरे, वडा सदस्य अर्जुन बहादुर रुम्बा, सुकराम थिङ, महिला कल्याण साकोसका उपाध्यक्ष पार्वती फुयाँल, स्वरोजगार साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष धनकुमारी खड्का, संस्थाका संस्थापक अध्यक्ष गुणनिधि ढकाल, पूर्व अध्यक्ष थलनाथ घिमिरे, लेखा समिति संयोजक एंव निवर्तमान अध्यक्ष चण्डिका पौडेल, तीलगंगा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रादिका छत्कुली, जनजागृति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हिरामणि दाहाल, लालिगुरासँ दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष जसुदा लम्साल, आधारभूत शिक्षा प्राविका प्रअ प्रह्लाद घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...








-1792888897.jpg)




-nepal-1792111426.jpg)




