Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

कामधेनुको वार्षिक साधारणसभा,पुर्व अध्यक्ष देखि पत्रकार सम्मलाई सम्मान

371110065_141241084601183-1696690166.jpg

२० असोज, हेटौडा । हेटौडा–६, चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । हेटौडा उपमहानगरपालिका मेयर मीना लामाको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष उदय विडारीको सभाध्यक्षतामा २५ औं वार्षिक साधारणसभा भएको हो । 

साधारणसभामा संस्थापक अध्यक्ष बासुदेव सापकोटा, पूर्व अध्यक्ष कुमारमणी दहाल, निवर्तमान अध्यक्ष गौरब कुमार पराजुली, सल्लाहकार हिमाल पौडेललाई सम्मानित गरिएको थियो । यसैगरि संस्थापक शेयर सदस्य मिश्रीदेवी न्यौपाने, सावित्री न्यौपाने, हेटौडा–६ का वडा सचिव आमोद प्रसाद मैनाली, सञ्चारकर्मी गणेशदर्पण अधिकारी, समाजसेवी तथा ब्यवसायी राजु गुरुङ, एकल महिला शर्मिला मानन्धरलाई समेत सम्मानित गरिएको थियो । भेलामा २०७९ सालको एसईइ परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने आर्दित तिमल्सिना, विनिता दाहाल, बढी ब्याज बुझाउने बुद्धरत्न मानन्धर, बढी सेवा शुल्क बुझाउने लिलाकुमारी आचार्य, खुत्रुकेमा बढी रकमा जम्मा गर्ने आदेश गौतम र प्रकृति पराजुली र एकेैदिन सदस्यता लिने दम्पतीलाई समेत सम्मानित गरिएको थियो ।
साधारणसभामा अध्यक्ष विडारीले संस्थागत प्रतिवेदन, ऋण उपसमिति संयोजक उदय प्रकाश दहालले ऋण उपसमितिको प्रतिवेदन, लेखा संयोजक केदारप्रसाद गौतमले लेखा समितिको प्रतिवेदन, खुत्रुके बचत उपसमिति संयोजक अम्विका सापकोटाले खुत्रुके बचत उपसमितिको प्रतिवेदन र ब्यवस्थापक भीमसेन पौडेलले चालु आर्थिक बर्ष ०८०÷८१ को लागि २ करोड ४२ लाखको अनुमानित बजेट पेश गरेका थिए ।
साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दहाल, वडा सदस्य विजय पौडेल, हेटौडा उपमहानगरपालिका सहकारी विकास महाशाखा प्रमुख हिम प्रसाद पौडेल, मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघ अध्यक्ष रामहरि न्यौपाने, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, नौलो विहानी कृषि सहकारीका अध्यक्ष भरत सापकोटा, नारीचेतना सहकारीकी अध्यक्ष राधिका गौतम, प्रगतिशिल महिला आपसी विकास संस्थाकी अध्यक्ष बनारसी उप्रेती लगायतको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार