Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

जेसीआई चैनपुर र हाँडीखोला क्वाटर्रफाइनलमा

ff-1697244757.jpg

२७ असोज, हेटौँडा । जेसीआई चैनपुरको आयोजनामा मनहरी गाउँपालिका ३ मा जारी जेसीज कप खुला फुटबल प्रतियोगितामा आयोजक चैनपुर र हाँडीखोला एफसी क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 
शुक्रबार भएको पहिलो खेलमा आयोजक चैनपुर जेसीजले जनसिद्ध युवा क्लवलाई ५–० गोलले हराएको हो । जेसीजको तर्फबाट सञ्जिव गिरीले ह्याट्रिक गर्दा उत्सव खड्का र सुशील सुनारले एक÷एक गोल गरे । 
पहिलो हाफ गोलरहित बराबरी भएकोमा चैनपुरले पाँचै गोल दोस्रो हाफमा गरेको थियो । ह्याट्रिक गरेका गिरी नै खेलको म्यान अफ द म्याच भए ।
 दोस्रो खेलमा लामिटार एफसीलाई टाइब्रेकरमा हराउँदै हाँडीखोला एफसीले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । निर्धारित समयमा एक÷एक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो । 
खेलमा लामिटारले सुरुवाती अग्रता लिएपनि जोगाउन नसक्दा हार व्यहोर्न बाध्य भएको हो । टाइब्रेकरमा हाँडीखोलाको तर्फबाट ४ गोल हुँदा लामिटारबाट २ गोल मात्रै भएको थियो । लामिटारको दुईवटा प्रहारलाई हाँडीखोलाका गोलरक्षक सुदिप गुरुङले बचाएका थिए । उनी नै खेलको म्यान अफ द म्याच भए । 
प्रतियोगितामा शनिबारबाट क्वार्टरफाइनल चरणका खेल सञ्चालन हुनेछ । कात्तिक १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार ५५५ र उपविजेताले २५ हजार ५२५ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 
यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत नगद पुरस्कार र ट्रफीको व्यवस्था रहेको प्रतियोगिता संयोजक प्रमोद अधिकारीले जानकारी दिए । खेलमा मकवानपुरका १६ वटा क्लवको सहभागिता रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

थप समाचार