४ कार्तिक, हेटौंडा । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ। लगातार तेस्रो जित निकाल्ने क्रममा हङकङलाई ७९ रनले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले बनाएको दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन मात्र बनायो।
हङकङका लागि अन्सी रथले ४५ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक बाबर हायतले २० तथा अजिज खानले २५ रन बनाए। त्यस्तै स्कट म्याकचिनीले ११ रन बनाउँदा हरुन अर्सदले १२ रन बनाएका थिए। नेपालका लागि सोमपाल कामी, करण केसी र ललित राजवंशीले समान २-२ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो। उच्च स्कोर बनाउने क्रममा नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले पाँचौं विकेटका लागि विश्व कीतिमानी १ सय ४५ रनको साझेदारी गर्दै टिमलाई उच्च लक्ष्य दिएका थिए। मुलपानी क्रिकेट मैदानमा ५५ रन जोड्दा ४ विकेट गुमाएको नेपालका लागि कुशल र दीपेन्द्रले पाँचौं विकेटका लागि विश्व कीर्तिमानी साझेदारी सम्भव बनाएका थिए।
यसअघि यो कीर्तिमान न्युजिल्यान्डला मार्क च्यापमान र जेम्स निशमको नाममा रहेको थियो । यी दुईले पाकिस्तानविरुद्ध जितमा १ सय २१ रनको नटआउट साझेदारी गरेका थिए। उक्त खेलमा मार्क च्यापम्यानले १ सय ४ रन जोडेका थिए भने जेम्स निशमले ४५ रनको योगदान दिएका थिए।
नेपालको उच्च लक्ष्यमा कुशल मल्ल ९२ तथा दिपेन्द्र सिंह ऐरीले ५७ रनको इनिङ खेलेका थिए। त्यस्तै आसिफ शेख २० तथा कप्तान रोहित पौडेल ११ रन बनाए। हङकङका लागि हरुन अर्सद, मोहम्मद घजानफारले २-२ विकेट लिएका थिए।
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...


















