Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

इपिएलको उपाधि विराटनगरले जित्यो

EPL-Cricket-1514636004.jpg

१५ पुस, हेटौँडा । विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्स विरुद्ध एक रनको रोमाञ्चक जित निकाल्दै एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको उपाधि जितेको छ । त्रिवि कीर्तिपुरको खेल मैदानमा शनिवार सम्पन्न प्रतियोगिताको फाइल खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४९ रनको योगफल तयार पारेको थियो । 
एकसय ५० रनको विजय लक्ष्यका पछ्याउँदै मैदान उत्रेको भैरहवा ग्लाडियटर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सक्यो । आठौँ ओभरसम्म आफ्नो नियन्त्रण राखेको खेलको अन्तिम २ ओभरमा टिक्न नसक्दा भैरहवा जितबाट विमुख बन्न पुग्यो । अन्तिम दुई ओभरमा मात्र भैरहवाले ५ विकेट गुमाएको थियो । 
एकसय ५० रनको लक्ष्य पछ्याएको भैरहवाले शुरुवातमा निकै राम्रो खेलेको थियो । आठौँ ओभरमा अंशुमान रथले ३६ रन दिएपछि खेल भैरहवाको पक्षमा गएको मानिएको थियो । तर १५औँ ओभरको पहिलो बलमै भैरहवाका कप्तान शरद रन आउट हुन पुगे । त्यसपछि विराटनगर खेलमा फर्कियो । यद्यपि अन्तिम २ ओभरमा मात्र ११ रन चाहिएको थियो तर, विराट नगरका कप्तान पारस खड्काले १९औँ ओभरमा २ रन दिएर २ विकेट लिएपछि भैरहवालाई अन्तिम ओभरमा ९ रन चाहियो ।
अन्तिम ओभरमा अनिल साहको पहिलो बलमै कृष्ण कार्कीले चौका हान्दै जितको आशा कायम राखे पनि दोस्रो बलमा उनी आउट भए । निकै रोमाञ्चक बनेको अन्तिम ओभरको तेस्रो बलमा रन नै दिएनन् । चौथो बलमा भुवन कार्की रन आउट भए भने पाँचौँ बलमा पुनित मिश्रको विकेट गुम्यो ।
अन्तिम बलमा भैरहवालाई जितका लागि ५ रन चाहिए पनि ३ रन मात्र जोड्न सक्यो र खेल गुमायो । एक रनको नाटकीय जित निकाल्दै विराटनगर च्याम्पियन बन्यो । यसअघि विराटनगरका लागि अंशुमन रथले ४१, कप्तान खड्काले २७, हरिशंकर शाहले २२ तथा प्रनित थापा मगरले १४ तथा करण केसीले नौ रन बनाएका थिए । 
खेलमा भैरहवाका लागि पुनित मिश्र र कृष्ण कार्कीले दुई÷दुई तथा शरद भेषवाकर र आरिफ शेखले एक÷एक विकेट लिए । यो प्रतियोगितामा पारस खड्काको टिम विराटनगरसँग शरद भेषावकरको भैरहवाको तेस्रो हार हो । भैरहवा समूह चरण र पहिलो क्वालिफायरमा पनि हारेको थियो । ‘म्यान अफ द फाइनल’ विराटनगरका कप्तान खड्का भए ।
प्रतियोगिताको विजेता टोली विराटनगर वारियर्सले ट्रफीसहित २१ लाख रुपैयाँ नगद प्राप्त गरेको छ । त्यस्तै रनर अप भैरहवा ग्लाडियटर्सले ट्रफी र आठ लाख रुपैयाँ प्राप्त ग¥यो । 
त्यस्तै प्लेयर अफ् द टुर्नामेन्ट विराटनगरका ब्याट्सम्यान बाबर हायत भए । उनले टिभिएसको २०० सिसीको अपाचे मोटरसाइकल प्राप्त गरे । उनले प्रतियोगिताान सर्वा्िधक ३१३ रन बनाएका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

थप समाचार