१५ पुस, हेटौँडा । विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्स विरुद्ध एक रनको रोमाञ्चक जित निकाल्दै एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको उपाधि जितेको छ । त्रिवि कीर्तिपुरको खेल मैदानमा शनिवार सम्पन्न प्रतियोगिताको फाइल खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४९ रनको योगफल तयार पारेको थियो ।
एकसय ५० रनको विजय लक्ष्यका पछ्याउँदै मैदान उत्रेको भैरहवा ग्लाडियटर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सक्यो । आठौँ ओभरसम्म आफ्नो नियन्त्रण राखेको खेलको अन्तिम २ ओभरमा टिक्न नसक्दा भैरहवा जितबाट विमुख बन्न पुग्यो । अन्तिम दुई ओभरमा मात्र भैरहवाले ५ विकेट गुमाएको थियो ।
एकसय ५० रनको लक्ष्य पछ्याएको भैरहवाले शुरुवातमा निकै राम्रो खेलेको थियो । आठौँ ओभरमा अंशुमान रथले ३६ रन दिएपछि खेल भैरहवाको पक्षमा गएको मानिएको थियो । तर १५औँ ओभरको पहिलो बलमै भैरहवाका कप्तान शरद रन आउट हुन पुगे । त्यसपछि विराटनगर खेलमा फर्कियो । यद्यपि अन्तिम २ ओभरमा मात्र ११ रन चाहिएको थियो तर, विराट नगरका कप्तान पारस खड्काले १९औँ ओभरमा २ रन दिएर २ विकेट लिएपछि भैरहवालाई अन्तिम ओभरमा ९ रन चाहियो ।
अन्तिम ओभरमा अनिल साहको पहिलो बलमै कृष्ण कार्कीले चौका हान्दै जितको आशा कायम राखे पनि दोस्रो बलमा उनी आउट भए । निकै रोमाञ्चक बनेको अन्तिम ओभरको तेस्रो बलमा रन नै दिएनन् । चौथो बलमा भुवन कार्की रन आउट भए भने पाँचौँ बलमा पुनित मिश्रको विकेट गुम्यो ।
अन्तिम बलमा भैरहवालाई जितका लागि ५ रन चाहिए पनि ३ रन मात्र जोड्न सक्यो र खेल गुमायो । एक रनको नाटकीय जित निकाल्दै विराटनगर च्याम्पियन बन्यो । यसअघि विराटनगरका लागि अंशुमन रथले ४१, कप्तान खड्काले २७, हरिशंकर शाहले २२ तथा प्रनित थापा मगरले १४ तथा करण केसीले नौ रन बनाएका थिए ।
खेलमा भैरहवाका लागि पुनित मिश्र र कृष्ण कार्कीले दुई÷दुई तथा शरद भेषवाकर र आरिफ शेखले एक÷एक विकेट लिए । यो प्रतियोगितामा पारस खड्काको टिम विराटनगरसँग शरद भेषावकरको भैरहवाको तेस्रो हार हो । भैरहवा समूह चरण र पहिलो क्वालिफायरमा पनि हारेको थियो । ‘म्यान अफ द फाइनल’ विराटनगरका कप्तान खड्का भए ।
प्रतियोगिताको विजेता टोली विराटनगर वारियर्सले ट्रफीसहित २१ लाख रुपैयाँ नगद प्राप्त गरेको छ । त्यस्तै रनर अप भैरहवा ग्लाडियटर्सले ट्रफी र आठ लाख रुपैयाँ प्राप्त ग¥यो ।
त्यस्तै प्लेयर अफ् द टुर्नामेन्ट विराटनगरका ब्याट्सम्यान बाबर हायत भए । उनले टिभिएसको २०० सिसीको अपाचे मोटरसाइकल प्राप्त गरे । उनले प्रतियोगिताान सर्वा्िधक ३१३ रन बनाएका थिए ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















