Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

सही निति भए आर्थिक समृद्धि : राणा

Rana-1514640926.jpg

१५ पुस, हेटौँडा । नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले देशमा आर्थिक समृद्धिका लागि सही आर्थिक नीति आवश्यक रहेको बताएकी छिन् । 
हेटौंडामा शनिबार मकवानपुर उद्योग बाणिज्य संघको ५१ औं बार्षिक साधारण सभा उद्घाटन गर्दै महासंघकी अध्यक्ष राणाले अब राजनैतिक संक्रमणकालको अन्त्य भएकाले आर्थिक समृद्धिमा ध्यान केन्द्रित गर्नुपर्ने भन्दै यसका लागि सही आर्थिक नीति आवश्यक रहेको बताईन् । उद्योगी व्यवसायीहरुलाई सरकारी संयन्त्रले हेर्ने दृष्टिकोण सकारात्मक नभएको भन्दै उनले अनुगमनका नाममा दुःख दिने काम बन्द नभए उद्योग व्यवसाय फष्टाउन नसक्ने बताईन् ।
उनले देश संघीयतामा गएको अवस्थामा कर प्रणाली, राजस्व बाँडफाड र नीजि क्षेत्रलाई हेर्ने दृष्टिकोण स्पष्ट हुनुपर्नेमा जोड दिईन् । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्ष उमेशलाल श्रेष्ठ, चन्द्रप्रसाद ढकाल, महासंघ महिला उद्यमी समिति सभापति कमला श्रेष्ठ लगायतले बदलिंदो संरचना अनुसारको आर्थिक नीति स्पष्ट गरी आर्थिक समृद्धिको गन्तव्यतर्फ लाग्नुपर्नेमा जोड दिएका थिए । 
संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ प्रतिनिनिसभा सदस्य कृष्णप्रसाद दाहाल, क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, नेकपा एमालेकी जिल्ला अध्यक्ष मुनु सिग्देल, संघका पूर्व अध्यक्ष माधव रिसाल, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रीप्रसाद चौलागाई, सदस्यहरुको तर्फबाट यम सिल्वाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पत्रकारहरु कृष्ण सारु मगर, पुष्पराज अधिकारी, विवश अधिकारीलाई सम्मान गरिएको थियो ।
बन्द सत्रमा विवाद
मकवानपुर उद्योग बाणिज्य संघको बन्द सत्रमा विवाद भएको छ । संघको बन्द सत्रमा महिला उद्यमी समिति सभापति निलम पाण्डेले जिज्ञासा राख्न खोजेपछि विवाद भएको हो । पाण्डेलाई अध्यक्ष न्यौपानेले प्रश्न राख्न नदिएपछि केहीबेर तनाव भएको थियो । त्यस लगतै न्यौपानेले बन्द सत्र सकिएको घोषणा गरेका थिए भने बाक्लो संख्यामा प्रहरी परिचालित भएको जनाईएको छ । कार्यसमितिमै रहेकी पाण्डेले फ्लोरमा आएर प्रश्न गर्न थालेपछि न्यौपानेले उनलाई बोल्न रोकेका हुन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार