१४ मङ्सिर, हेटौँडा । हेटौंडामा सम्पन्न भएको २१ वर्ष मुनीको च्यालेन्ज कप फुटबलको उपाधि एन्फा मकवानपुरले जितेको छ । बुधबार भएको उपाधि भिडन्तमा रियल स्टार क्लवलाई ४–० गोलले हराउँदै एन्फा मकवानपुरले विजेता बनेको हो ।
पहिलो हाफमा एक गोल गरेको एन्फा मकवानपुरले दोस्रो हाफमा तीन गोल थपेको थियो । एन्फा मकवानपुरले मोहित गुरुङको गोलमार्फत पहिलो हाफमा अग्रता लिएको थियो । दोस्रो हाफमा अनिष महर्जनले २ तथा सुजल श्रेष्ठले एक गोल थपेका हुन् ।
१४ वटा क्लवको सहभागिता रहेको प्रतियोगिताको विजेता एन्फा मकवानपुरले एकलाख ११ हजार ११ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता भएको रियल स्टारले ५५ हजार ५५५ रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ ।
फाइनल खेलको म्यान अफ द म्याच एन्फा मकवानपुरका अनिष महर्जन भए । उनले नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजेता टिम एन्फा मकवानपुरका मोहित गुरुङ, उत्कृष्ट गोलरक्षक कृषल मोक्तान, मिडफिल्डर रितेश श्रेष्ठ र फरवार्ड प्रितम स्याङ्बो र उत्कृष्ट प्रशिक्षक विजयलाल श्रेष्ठ घोषित हुँदा उत्कृष्ट डिफेण्डर रियल स्टारका उर्गेन रुम्बा चुनिए ।
प्रतियोगिताको विजेता तथा उत्कृष्ट खेलाडीहरुलाई हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, एन्फाका केन्द्रीय सदस्य टीकाराम लामा, आयोजक एफसी मुण्डियालका अध्यक्ष सुविन घिमिरेलगायतले पुरस्कार वितरण गरेका हुन् ।
३० बैशाख, हेटौंडा । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि शुरु हुने...
३० बैशाख, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...
३० बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...
२९ बैशाख, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा २ दिने तालिम...
२९ बैशाख, हेटौंडा । आज २५६९औँ बुद्ध जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल...
२९ बैशाख, हेटौंडा । संघीय संसदको दुबै सदनबाट आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । दुबै...
२९ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको...
२८ बैशाख, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा...
२८ बैशाख, हेटौंडा । नेपाल प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ । तीनकुने घटनामा...
२७ बैशाख,हेटौंडा । हेटौंडा ८ मा सुमोको ठक्कर दिदाँ एक जना पैदलयात्री गम्भीर घाइते भएका छन्। शनिबार बिहान...
२५ बैशाख,हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली नक्कली नोट सहित एक जना पक्राउ परेका छन्।मकवानपुर...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ को सिमाना फाट्मा शुक्रबारबाट जमीन भासिएर...
२५ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडा ८ कमानेमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन भने ठक्कर दिएर...
२२ बैशाख, हेटौंडा । हेटौंडामा ३० दिने एडभान्स बुटिक तालिमको उद्घाटन गरिएको छ। हेटौँडा गार्मेन्ट उद्यमी समूह,...
२१ बैशाख, हेटौंडा। नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।नेपाल प्रहरी प्रधान...
२७ बैशाख, हेटौंडा। सामूदायिक वन उपभोक्ता महासंघ नेपाल(फेकोफन) मकवानपुरको प्रथम जिल्ला परिषद् सम्पन्न भएको...
१६ बैशाख, हेटौंडा । मकवानपुरको बागमतीमा रुखले च्यापिदा एक जनाको मृत्यु भएको छ। सोमबार साँझ बागमती गाउँपालिका...
१९ बैशाख, हेटौंडा । हेटौंडा १६ कर्रा खोला पारी फाट्मा खाडलमा डिआइ गाडी जमीन भासिएर धसेको छ। शुक्रबार दिउँसो...