१४ मङ्सिर, हेटौँडा । हेटौंडामा सम्पन्न भएको २१ वर्ष मुनीको च्यालेन्ज कप फुटबलको उपाधि एन्फा मकवानपुरले जितेको छ । बुधबार भएको उपाधि भिडन्तमा रियल स्टार क्लवलाई ४–० गोलले हराउँदै एन्फा मकवानपुरले विजेता बनेको हो ।
पहिलो हाफमा एक गोल गरेको एन्फा मकवानपुरले दोस्रो हाफमा तीन गोल थपेको थियो । एन्फा मकवानपुरले मोहित गुरुङको गोलमार्फत पहिलो हाफमा अग्रता लिएको थियो । दोस्रो हाफमा अनिष महर्जनले २ तथा सुजल श्रेष्ठले एक गोल थपेका हुन् ।
१४ वटा क्लवको सहभागिता रहेको प्रतियोगिताको विजेता एन्फा मकवानपुरले एकलाख ११ हजार ११ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता भएको रियल स्टारले ५५ हजार ५५५ रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ ।
फाइनल खेलको म्यान अफ द म्याच एन्फा मकवानपुरका अनिष महर्जन भए । उनले नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजेता टिम एन्फा मकवानपुरका मोहित गुरुङ, उत्कृष्ट गोलरक्षक कृषल मोक्तान, मिडफिल्डर रितेश श्रेष्ठ र फरवार्ड प्रितम स्याङ्बो र उत्कृष्ट प्रशिक्षक विजयलाल श्रेष्ठ घोषित हुँदा उत्कृष्ट डिफेण्डर रियल स्टारका उर्गेन रुम्बा चुनिए ।
प्रतियोगिताको विजेता तथा उत्कृष्ट खेलाडीहरुलाई हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, एन्फाका केन्द्रीय सदस्य टीकाराम लामा, आयोजक एफसी मुण्डियालका अध्यक्ष सुविन घिमिरेलगायतले पुरस्कार वितरण गरेका हुन् ।
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

















