Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मनकामना दुग्ध उत्पादक सहकारीको साधारणसभा सम्पन्न

ffff-1701430630.jpg

१५ मङ्सिर, हेटौँडा । मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको ३६ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । 
साधारणसभालाई सम्वोधन गर्दै मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानले दूधलाई विविधीकरण गरि मिल्क होलिडे हटाउन सकिने बताए । स्थानीय स्तरमा उत्पादित बस्तुहरुलाई गाउँपालिकाले प्रोत्साहन गर्ने बताउदै अध्यक्ष लामाले गढीको २ नं. वडामा रहेको धरमपानीको खाली जग्गामा स्थानीय स्तरमा उत्पादित बस्तुको विक्री कक्ष राख्ने बताए । 
गाउँपालिका सदैव गाउँबासीहरुको उन्नतीमा काम गर्ने बताउदै सहकारी संस्थाद्धारा उत्पादित बस्तुको बजारीकरणमा सहयोग गर्ने अध्यक्ष लामाको भनाई छ । साधारणसभामा संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहालले संस्थागत प्रतिवेदन र लेखा संयोजक भोलानाथ दाहालले आर्थिक प्रतिवेदन पेश गरेका थिए । 
साधारणसभामा गढी गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रिन, वडा नं. ३ का वडा अध्यक्ष भागवत घिमिरे, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्की, निवर्तमान गाउँपालिका अध्यक्ष विदुर हुमागाई, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ, अध्यक्ष हरि कँडेल, राष्ट्रिय सहकारी बैक हेटौडा प्रमुख रामेश्वर अर्याल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रभु बैक गढी शाखा प्रमुख पुष्प महतो, जिल्ला सहकारी संघ, मकवानपुरका पूर्व अध्यक्ष बद्री प्रसाद लम्साल, हिमाल महिला बहुउद्धेश्यीय सहकारी संस्था अध्यक्ष जानकी दाहाल, श्रमिक साना किसान कृषि सहकारी अध्यक्ष निर्मला लम्साल, सिर्जनशिल समाज सहकारी अध्यक्ष कृष्ण विडारी लगायतको आतिथ्यता रहेका थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

थप समाचार