१५ मङ्सिर, हेटौँडा । मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको ३६ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।
साधारणसभालाई सम्वोधन गर्दै मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानले दूधलाई विविधीकरण गरि मिल्क होलिडे हटाउन सकिने बताए । स्थानीय स्तरमा उत्पादित बस्तुहरुलाई गाउँपालिकाले प्रोत्साहन गर्ने बताउदै अध्यक्ष लामाले गढीको २ नं. वडामा रहेको धरमपानीको खाली जग्गामा स्थानीय स्तरमा उत्पादित बस्तुको विक्री कक्ष राख्ने बताए ।
गाउँपालिका सदैव गाउँबासीहरुको उन्नतीमा काम गर्ने बताउदै सहकारी संस्थाद्धारा उत्पादित बस्तुको बजारीकरणमा सहयोग गर्ने अध्यक्ष लामाको भनाई छ । साधारणसभामा संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहालले संस्थागत प्रतिवेदन र लेखा संयोजक भोलानाथ दाहालले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा गढी गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रिन, वडा नं. ३ का वडा अध्यक्ष भागवत घिमिरे, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्की, निवर्तमान गाउँपालिका अध्यक्ष विदुर हुमागाई, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ, अध्यक्ष हरि कँडेल, राष्ट्रिय सहकारी बैक हेटौडा प्रमुख रामेश्वर अर्याल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रभु बैक गढी शाखा प्रमुख पुष्प महतो, जिल्ला सहकारी संघ, मकवानपुरका पूर्व अध्यक्ष बद्री प्रसाद लम्साल, हिमाल महिला बहुउद्धेश्यीय सहकारी संस्था अध्यक्ष जानकी दाहाल, श्रमिक साना किसान कृषि सहकारी अध्यक्ष निर्मला लम्साल, सिर्जनशिल समाज सहकारी अध्यक्ष कृष्ण विडारी लगायतको आतिथ्यता रहेका थियो ।
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...



-1792888897.jpg)









-nepal-1792111426.jpg)




