१८ पुस, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनबाट अध्यक्ष पदका उम्मेदवार कृष्ण कटुवालको प्यानलका बहुमत सदस्य विजयी भएका छन् । बिहान ५ बजेसम्मको मत गणना अनुसार उद्योग तर्फको उपाध्यक्षमा माधव न्यौपाने र एसोसियटतर्फको उपाध्यक्षमा गणेश भेटवाल विजयी भएका छन् । दुवै उपाध्यक्ष कटुवालको प्यानलका हुन् ।
यसअघि कटुवालकै प्यानलका रामप्रसाद न्यौपाने वस्तुगत तर्फको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भैसकेका छन् । उद्योगतर्फको उपाध्यक्षमा न्यौपानेले २ सय ३० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी रबिन्द्र घिमिरेले एकसय ६७ मत पाएका पाएका छन् । यस्तै अर्का उम्मेदवार उज्वल शर्मा भण्डारीले ८० मत प्राप्त गरे । ५ सय १८ मत खसेको उद्योग तर्फको सदस्यमा प्रमोदसिँ रानाभाट (२९३ मत), रुपकराज दाहाल (२६७ मत), संन्त्तोष अर्याल (२५६ मत) र नरेन्द्र भण्डारी (२४७ मत) विजयी भए ।
यस्तै महिला आरक्षण तर्फको सदस्यमा प्रतिमा श्रेष्ठ २७८ मतसहित विजयी भइन् । उनको निकटतम प्रतिद्धन्द्वी रेणु ज्ञवालीले २०७ मत प्राप्त गरिन् । भण्डारी र श्रेष्ठ बाहेक उद्योगतर्फका विजयी सबै कटुवाल प्यानलका हुन् ।
उद्योग तर्फका सदस्यका उम्मेदवारहरु छतेन्द्र आचार्यले २१७, राजु नेपालले २१३, गंगा पौडेलले २०० र निप्पु सर्राफले १४७ मत प्राप्त गरेका थिए ।
यस्तै एसोसियटतर्फको उपाध्यक्षमा गणेशप्रसाद भेटवाल विजयी भएका छन् । भेटवालले उजवल चौलागाईलाई १० मत अन्तरले पराजित गरेका हुन् । एसोसियटतर्फ खसेको एकसय तीन मतमध्ये भेटवालले ५६ मत मत प्राप्त गर्दा चौलागाईंले ४६ मत प्राप्त गरेका थिए ।
एसोसियटतर्फको सदस्यमा विजयी भएका बिष्णु खनालले ६४, बिष्णुगोपाल महर्जनले ६२, राजाराम कार्कीले ५०, र दीपक उप्रेतीले ५८ मत प्राप्त गरेका थिए । यसोसियटतर्फका विजयी उम्मेदवारहरु कटुवाल प्यानलका हुन् । एसोसियटका पराजित उम्मेदवारहरु अरुणकुमार दाहालले ३१, उपेन्द सुवेदीले ४३, वविन लिगलले ४६ र यम शिलवालले ३८ मत प्राप्त गरेका थिए ।
बिहान ५ बजेसम्ममा वाणिज्यतर्फको ३ सय मत गणना हुँदा उपाध्यक्ष पदका उम्मेदवार कृष्णकुमार गुप्ता अग्रवालले १४० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी दीपक शर्मा ढकालले ११० मत प्राप्त गरेका छन् । उपाध्यक्ष पदका अर्का उम्मेदवार कृष्णराम न्यौपानेले १३ मत प्राप्त गरेका छन् ।
बिहान ५ बजेसम्ममा अध्यक्ष पदको मत गणना भएको छैन । २ हजार ३२८ मतदाता रहेको मउवा संघको निर्वाचनमा १९९५ मत खसेको थियो ।
प्यानलको उपाध्यक्षसहित बहुमत सदस्यको विजयी भएसंगै अध्यक्षमा कटुवालकै जित हुने आंकलन सहित शुभेच्छुकहरुले मत गणनास्थलमा नाराबाजी गर्न सुरु गरेका थिए ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















