१७ मङ्सिर, हेटौँडा । नेपाल बुद्धिचाल महासंघको तत्वावधान र मकवानपुर बुद्धिचाल संघको आयोजनामा हेटौँडामा जारी ‘हेटौँडा कप एसियाली खुला बुद्धिचाल प्रतियोगिता–२०८०’ अन्तर्गत शनिवार साँझसम्म सातौ राउन्डका खेलहरु सकिएका छन् ।
सातौ चरणका खेलहरु सकिदा २३९३ रेटेड भारतीय खेलाडी सुभयान र २२१७ रेटेड बंगलादेशी आईएम महम्मद मिनहाज उद्दिन ६ अंकका साथ अग्रस्थान बनाउँन सफल भएको मकवानपुरका बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए ।
भारतीय खेलाडी सुभयानले सातौ चरणसम्मको खेलमा पाँच जित र दुई बराबर गर्दै अग्रस्थानमा उभिएका छन् । उनले शनिवारको खेलमा भारत कै राहुल गुरुङ विरुद्ध जित निकाल्दै अंक बटुले । यता बंगलादेशी मिनहाज उद्दिनले भारतीय १९७६ रेटेड खेलाडी एएफएम सौरव चौबे माथि कठिन जीत निकाल्दै सुभयानसँग बराबरी गर्न सफल भए ।
यस्तै प्रतियोगितामा बंगलादेशी एफएम नयम हक, भारतका अमरदीप बर्तके, अर्बिन्दर प्रित सिं, बंगलादेशी आईएम सकिल अबु सफिन, एफएम सरिफ होसेन र एफएम शेख नासिर ५.५ अंक जोड्दै सामूहिक दोश्रो स्थानको होडमा छन् ।
प्रतियोगितामा नेपाली खेलाडीहरु एरिना आईएम शुश्रुत दहाल, युवा खेलाडी द्वय पुरुषोत्तम सिलवाल र कुशल बेलवासे ४.५ अंक बनाएर खेली रहेका छन् भने नेपाल कै पूर्व च्याम्पियन एफएम पुरुषोत्तम चौलागाईं, झापाका राजन सुवेदी, वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल, युवा स्वर्णिम दुवाल र मुहान श्रेष्ठ पनि समान ४ अंकको साथमा प्रतिस्पर्धामा छन् ।
यसैगरी महिला तर्फ भारतीय महिला खेलाडी मरियम फातिमा ४.५ अंकका साथ पहिलो र श्रीलंकन महिला खेलाडी सचिनि रानासिंघे ४ अंक बनाई दोश्रो स्थानमा रहन सफल भएका छन् । नेपालका भेट्रान खेलाडी मोहन सिं प्रधानले ३ अंक जोड्दै आफूलाई प्रतिस्पर्धामा उभ्याउन सफल भएका छन् ।
स्विस नियमअनुसार नौ राउन्डमा जारी प्रतियोगिता आइतबार सम्पन्न हुने मकवानपुर अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको विजेताले एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्दा दोस्रो स्थानमा रहने खेलाडीले ७५ हजार र तेस्रो स्थानका खेलाडीले ४० हजार रुपैयाँ हात पार्नेछन् यसैगरी प्रतियोगितामा चौथो हुनेले २५ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले २० हजार रुपैयाँ जित्नेछन ।
यस्तै प्रतियोगितामा टप १५ खेलाडी सहित सर्वोकृष्ट महिला, सर्वोकृष्ट भेट्रान्स, सर्वोकृष्ट जुनियर, सर्वोकृष्ट स्थानीयलगायत विभिन्न विद्यामा ३८ जनाले नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...







-1791939176.jpg)









