१७ मङ्सिर, हेटौँडा । हेटौंडामा सञ्चालन भएको छैठौं संस्करणको उपमेयर भलिबल प्रतियोगितामा पुरुषतर्फ १७ र महिलातर्फ ९ नम्बर वडा विजयी भएको छन् । शनिबार भएको फाइनल खेलमा पुरुषतर्फ हेटौंडा १७ ले ११ लाई हराउँदै उपाधि जितेको हो ।
१७ ले ११ लाई १७–२५, २५–२२, २५–२३, १७–२५ र १५–७ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । सेमिफाइनलमा १७ ले ५ लाई र ११ र १९ नम्बर वडालाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो ।
खेलमा १७ नम्बरका विवेक माझी उत्कृष्ट खेलाडी हुँदा, उत्कृष्ट स्पाइकर ११ का निश्चल राना, लिफ्टर १७ का कुमार श्रेष्ठ, डिफेण्डर ११ का निरन सापकोटा, उदयीमान खेलाडी १६ का विवश तिमल्सिना र उत्कृष्ट प्रशिक्षक १७ का कमल बिडारी घोषित भए ।
यस्तै महिलातर्फ ९ ले १२ लाई हराउँदै प्रतियोगिताको विजेता भएको हो । ९ ले १२ लाई १७–२५, २५–१६, २५–२३ र २६–२४ को सेटमा हराएको हो । सेमिफाइनलमा ९ ले १४ लाई र १२ ले १७ नम्बर वडालाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो ।
महिलातर्फको उत्कृष्ट खेलाडी ९ नम्बर वडाका आयुषा सिंह, उत्कृष्ट स्पाइकर १२ की चमेली योञ्जन, लिफ्टर १२ की प्रशंसा भोम्जन, उदयीमान खेलाडी १२ का प्रतिक्षा माझी र १९ को सिम्रन स्याङ्बो तथा प्रशिक्षक प्रशिक्षक ९ नम्बर वडाका रवि बस्नेत घोषित भए ।
महिला र पुरुष दुवै विधाका प्रथम भएको वडाले ५० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता वडाले ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । सेमिफाइनलमा पुगेका वडाले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ ।
गत वर्ष भएको उपमेयर कपको उपाधि महिलातर्फ १९ नम्बर वडा र पुरुषतर्फ ११ नम्बर वडाले जितेको थियो । हेटौंडा उपमहानगरपालिकाको सहयोग एवम् केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान र भलिबल संघको आयोजनामा प्रतियोगिता हुँदै आएको छ ।
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

















