Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

नारायणी यातायात व्यवसायी संघमा हिरालाल श्रेष्ठको उम्मेदवारी घोषणा 

वर्तमान अध्यक्ष चौलागाई घोषित प्यानलबाट पछि हटे  

YataYat-1514897422.JPG

१८ पुस, हेटौँडा । नारायणी यातायात व्यवसायी संघको आगामि कार्यकालको लागि हिरालाल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन । मंगलबार हेटौँडामा भएको पत्रकार सम्मेलन मार्फत श्रेष्ठले प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको हो ।
केही दिनअघि मात्र संघका वर्तमान अध्यक्ष बद्रि चौलागाईले घोषणा गरेको उम्मेद्वारीलाई बिस्थापन गर्दै श्रेष्ठले सोही प्यानलबाट उम्मेदवारी घोषणा गरेका हुन । 
श्रेष्ठको प्यानलमा वरिष्ठ उपाध्यक्षमा किरण कटुवाल, उपाध्यक्षमा विष्णु बिडारी, महासचिवमा सरोजकुमार खनाल, कोषाध्यक्षमा राजेश खड्गी, सचिवमा ठाकुरनाथ सुवेदी, देवनारायण लामिछाने (भिमसेन), गुणराज घिमिरे र सुरज खड्गी र सहकोषाध्यक्षमा कपिलबहादुर बानियाँ रहेका छन् । 
त्यस्तै यात्रुबहाक सदस्यमा डम्बरबहादुर गोपाली,ट्यांकर सदस्यमा केशवकुमार उप्रेती र सदस्यहरुमा कुमार वर्तौला, विश्वराज राई,पुरुषोत्तम पुडासैनी, विष्णुलाल श्रेष्ठ, भिमप्रसाद बास्तोला र इन्द्रबहादुर भ्लोन रहेका छन् । श्रेष्ठको प्यानलबाट क्षेत्रीय उपाध्यक्षका लागि चितवनबाट अशोक कुमार पोखरेल, क्षेत्रीय सहसचिवका लागि चितवनबाटै विष्णुप्रसाद पंगेनी, क्षेत्रीय यात्रुबहाक सदस्यका लाति चितवनबाटै कमल शाह, क्षेत्रीय उपाध्यक्ष विरगंजबाट विनोदकुमार मानन्धर,क्षेत्रीय सदस्य विरगंजका लागि सोमबहादुर पोखरेल, क्षेत्रीय उपाध्यक्ष काठमाडौँका लागि श्रीकृष्ण खनाल र क्षेत्रीय सदस्य काठमाडौँका लागि पुरुषोत्तम रिजालको नाम घोषणा गरिएको छ । 
संघमा अध्यक्षका लागि सोमबार नै पूर्व अध्यक्ष एवम् हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष समेत रहेका गोकर्ण पराजुलीले समेत प्यानलसहित उम्मेदवारी घोषणा गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार