२० पुस, हेटौँडा । चेल्सीले म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ ।
लिग अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी आर्सनलसँग २–२ को बराबरीमा रोकिएको हो । अवे मैदानमा भएको खेलमा चेल्सी पहिलो हाफमा आर्सेन वेङ्गरको टिम आर्सनलसँग गोल रहित बराबरीमा रोकिएको थियो ।
दुवै तर्फबाट दोस्रो हाफमा गोल भयो । खेलमा गोलको सुरुवात घरेलु टोली आर्सनलले गरेको हो । ६३ औँ मिनेटमा ज्याक विलशरले गोल गर्दै आर्सनललाई सुरुवाति अग्रता दिलाए । त्यसको चार मिनेटपछि चेल्सीले पेनाल्टी पायो । पेनाल्टीमा इडन हजार्डले चेल्सीका लागि बराबरी गोल फर्काए । ८४ औँ मिनेटमा मार्कस एलोन्सोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।
आर्सनलका लागि एलेक्स सान्चेज र अलेक्सान्ड्र लाकाजेटीले गोल गर्ने सुन्दर मौका बनाएका थिए । तर त्यसमा सफल हुन सकेन । हार नजिक पुगेको आर्सनललाई इन्जुरी समयमा हेक्टर बेलरिनले गोल गर्दै बराबरी गराए ।
बराबरीपछि तेस्रो स्थानको चेल्सीको २२ खेलबाट ४६ अंक भएको छ । उ दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा एक अंकले पछि परेको छ । यस्तै छैटौँ स्थानमा रहेको आर्सनलको २२ खेलबाट ३९ अंक भएको छ ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















